• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीले ‘सुन तस्करी’ गरेको ठहर!

काठमाडौं । नेपाल पर्यटन बोर्डका निलम्बित सिईओ धनञ्जय रेग्मीले सुन तस्करी गरेको आरोप ठहर भएको छ । उनले चार वर्षअघि कतारबाट QR 730 नम्बरको जहाजमा आउँदा अवैध सुन पैठारी गरेका थिए ।

रेग्मीले २०७४ पुस ७ गते ल्याएको अवैध सुनलाई तस्करी ठहर गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ जरिवाना र सुन जफत गरेको व्यहोराको पत्र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पुस ३० गते लेखेर जानकारी गराएपछि रेग्मीको अर्को विगत बाहिरिएको हो ।

कार्यालयले ०७२७४६८७ नम्बरको राहदानी र १३४०५ नम्बरको स्याङजा जिल्लाबाट जारी नागरिकता बोकेका धनञ्जय रेग्मी उक्त दिन QR 730 नम्बरको उडानबाट काठमाडौं ओर्लिएको र त्यसबखत उनको साथबाट तीन थान ३० ग्राम बिस्कुट आकारको सुन फेला पारेको थियो ।

विमानस्थल कार्यालयले उक्त सुन अवैध भएको ठहर गर्दै ५२९/०७४–०७५ नम्बरको मुद्दा दर्ता गरेको र मिति २०७७ भदौ २१ भएको फैसलामा निजले भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७ (१) बमोजिमको कसुर अपराध गरेको ठहर गर्दै बिगोबमोजिम १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ जरिवानाको निर्णय गरेको थियो ।

अघिल्लो महिना पनि ६ बोतल अवैध बिदेशी मदिरा उनले यही उडानबाट ल्याउँदा विमानस्थलमा कर्मचारीसँग झडप भई पाँच हजार जरिवाना बुझाउनु र रक्सी पनि भन्सार दाखिला गराउनु परेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर