• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

पोखरा महानगर : नेतृत्व एमालेबाट फुत्किए पनि कम्युनिस्ट गढ कायमै !

पोखरा । पोखरा महानगरपालिकाकामा गठबन्धनका उम्मेदवारले जारी मतगणनामा प्रतिद्वन्द्वीसँगको मतान्तरलाई फराकिलो पारिरहेका छन् । एकीकृत समाजवादीका उम्मेदवारले आफ्नो मतान्तरलाई फराकिलो पार्दै लगेका हुन् । गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरमा १ लाख ४३ हजार २२६ मत खसेको थियो । यो भनेको कुल मतदाताको ६० प्रतिशत हो । पोखरा महानगरमा अहिले १ लाख ४ हजार २ सय १२ मत गनेर सकिएको छ ।

अब ३९ हजार १४ मत गणना गर्न बाँकी छ । यस महानगरमा एकीकृत समाजवादीका मेयरका उम्मेवार धनराज आचार्यले ३ हजार ३ सय ९५ मतको अग्रता लिइरहेका छन् । उनले यो समाचार तयार पार्दासम्म ४१ हजार ७ सय ५ मत प्राप्त गरिसकेका छन् ।

उनको निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ३८ हजार ३ सय १० मत प्राप्त गरेर पछ्याइरहेका छन् । यस्तै उपमेयरमा भने एमालेकी उम्मेदवारले अग्रता लिएकी छन् । एमालेकी मञ्जु गुरुङ १ हजार ६ सय ९६ मतका साथ अग्रस्थानमा छन् । उनले ४३ हजार ६ सय १६ मत प्राप्त गर्दा कांग्रेसकी कोपिला रानाभाटले ४१ हजार ९ सय २० मत प्राप्त गरिन् । 

नेतृत्व एमालेबाट फुत्किए पनि कम्युनिस्ट गढ कायमै 

पोखरा महानगरमा गत ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । त्यतिबेला कांग्रेस र माओवादीको गठबन्धनलाई पराजित गरी एमालेले दुवै पदमा विजय हासिल गरेको थियो । तर यसपटक भने एमालेबाट विभाजित भएको नवगठित एकीकृत समाजवादीले तिरीखिरी पारेको हो । एमाले भने राप्रपा नेपाल लगायतको गठबन्धनका साथ चुनावी मैदानमा उत्रिएको हो ।

एकीकृत समाजवादीका आचार्यलाई कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुको साथ रहेको छ । पोखरा महानगर भने एमालेको गढको रुपमा लिइन्छ । तर यसपटक भने एमालेका लागि प्रत्युत्पादक हुने देखिन्छ । अहलेकै मतान्तरमा ३९ हजार मत गन्दासम्म कायमै रहेको खण्डमा भने एमालेको हातबाट मेयर फुत्किन्छ भने उपमेयरमा एमालेले जित्नेछ । पोखरा महानगरमा ३३ वटा वडा रहेको छ ।

गत ०७४ को स्थानीय तह निर्वाचनमा पोखरा महानरमा २२ वटा वडामा एमाले र ११ वडामा कांग्रेसले जितेको थियो । पोखरा महानगर एमालेको बर्चश्व रहेको ठाउँ हो । तर मेयर एमालेबाट फुत्किए पनि कम्युनिस्टकै पालिकामा शासन भने हुनेछ । मेयरमा विजयी भए भने आचार्य पनि कम्युनिस्ट पार्टीबाटै प्रतिनिधित्व गर्नेछन् भने उपमेयरमा गुरुङले जितिन् भने उनी पनि कम्युनिस्ट पार्टीकै हुनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर