• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

थप १२ जनामा कोरोना संक्रमण पुष्टि, १२४ सक्रिय संक्रमित 

काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय ३८ पिसिआर परिक्षणका क्रममा ८ जना र १ हजार १ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३७ जना निको भएका छन् । हाल नेपालमा १ सय २४ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर