• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

'पर्ख र हेर' काे मुडमा प्रचण्डः नेपाल राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री, कांग्रेसलाई सभामुख !

काठमाडौं । मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै छ । प्रत्येक्ष र समानुपातिक तर्फको मत गणना अन्तिम चरणमा पुगिरहेका बेला सम्भावित सत्ता समीकरण कस्तो बन्ला ? भन्ने विषयमा पनि विमर्श सुरु भएको छ ।

अहिलेसम्मकाे मत परिणामले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विरुद्ध पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा होमिएका दलहरूलाई समेत बहुमत पुर्‍याउन हम्मे हम्मे पर्ने अवस्था देखिएको छ ।

एमालेसहितकाे विपक्षी गठबन्धनलाई झन् बहुमत पुर्याउनु फलामकाे च्यूरा सरह हुने देखिएकाे छ । यति बेला गठबन्धनको भविष्यलाई लिएर पनि अनेकौँ बहस चलिरहेको छ ।

निर्वाचनको परिणाम अनुसार माओवादी केन्द्र देशमा तेस्रो तथा निर्णायक शक्तिका  रूपमा स्थापित भएको छ । पहिलाे दल कांग्रेस र दाेस्राे दल एमाले मिलेकाे अवस्थामा बाहेक, माओवादी विना सरकार गठन गर्न कठिन छ ।

माओवादी तेस्रो शक्तिका रूपमा स्थापित भए पनि सत्तासमिकणमा एमाले या कांग्रेसले माओवादीलाई साथमा नराखेको खण्डमा सरकार बनाउन सक्ने सम्भावना भने रहेको छैन ।

कस्तो सरकार बन्ला र को प्रधानमन्त्री बन्ला भन्ने चासो रहिरहेका बेला सत्ता साझेदार प्रमुख दलहरू नेपाली काग्रेस , नेकपा माओवादी केन्द्र  र एमालेका नेताहरूबिच गठबन्धनलाई कायम राखेर जाने विषयमा कुराकानी भइरहेको बताइएको छ ।

देशमा अहिलेको परिवर्तन ल्याउनका लागि नेतृत्वदायी भूमिका खेलेको माओवादी र माओवादी अध्यक्ष प्रचण्डलाई साथमा राखेर सत्ता समीकरण मिलाउनका लागि कांग्रेस–माओवादी तथा एमाले र माओवादीका दोस्रो  र तेस्रो पुतामा नेताहरू बीच प्रारम्भिक छलफल पनि सुरू भएको छन् । 

माओवादी अध्यक्ष प्रचण्डले देशका विद्यमान तमाम विकृतिहरूमाथि निर्मम प्रहार गर्दै अघि बढ्न फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरिरहेको अवस्थामा एमाले  र कांग्रेसका नेताहरूले माओवादी केन्द्रका अध्यक्ष  प्रचण्ड समक्ष कस्ताे अफर गर्दछन् भन्ने कुराले समिकरण कस्ताे बन्छ भन्ने किटान हुने देखिएकाे छ ।  

कस्तो बन्छ त सत्ता समिकण ?

माओवादी अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनलाई निरन्तरता दिने बताइ रहेका छन् । उनकाे विचारसँग नेपाली कांग्रेसका संस्थापन पक्षकाे विचार पनि मिलेकाे देखिन्छ । उनले आफूसँग आउने हरेक नेता तथा कार्यकर्ताहक्करु सँग अहिले नै गठबन्धन नतोड्ने बताई रहेका छन् ।

प्रचण्डले गठबन्धन तोड्नको लागि चासो नदेखाएको अवस्थामा गठबन्धन भित्रैबाट सत्ता समीकरण मिलाउन कांग्रेसका पछिल्लो पुस्ताका नेताहरू लागि रहेका छन् । 

अहिलेको गठबन्धन रहिरहेका अवस्थामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा कांग्रेसलाई सभामुख र गठबन्धनमा रहेको अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाएर जन सक्ने सम्भावना पनि बढ्दै गएको छ ।

ताजा परिणाम अनुसार एकीकृत समाजवादी अझै राष्ट्रिय दल बनिसकेकाे छैन । प्रत्येक्षमा १० सिट जितेपनि उसले कूल मतकाे ३ प्रतिशत कटाउन नसक्दा समानुपातिक तर्फकाे सांसद बन्ने सम्भावना याे समाचार तयार गर्दा सम्म छैन ।

यसरी जाँदा कांग्रेसले र माओवादीले अबको पाँच वर्ष राज्य सञ्चालन गर्दा आधा आधा समयमा प्रधानमन्त्री चलाउनको लागि प्रचण्डसँग कांग्रेसका नेताहरूले प्रस्ताव गरी रहेको स्रोतको भनाइ छ । 

नेपाली कांग्रेस सबैभन्दा ठुलो दल भएको भए पनि कांग्रेसले आलोपालो सत्ता सञ्चालनका लागि कुरा गरीरहेको बताइएको छ । कांग्रेसबाट प्रधानमन्त्रीका आकाङ्क्षीको सङ्ख्या बढी रहेको  अवस्थामा कांग्रेस नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाउन का लागि पार्टी भित्रै पनि गृहकार्य गरी रहेको बताइएको छ । 

प्रचण्ड निकट स्रोतले दिएको जानकारी अनुसार एमालेका दोस्रो पुस्ताका नेताहरू पनि सत्ता समीकरणमा माओवादीको साथ लिनु पर्ने बताइ रहेको छन् । माओवादीका पछिल्लो पुस्ताका नेताहरूसँग भेटघाटमा रहेका एमालेका नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाएर दुवै दल अगाडी बढ्नु पर्ने बताउन थालेका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति र सभामख एमालेलाई दिएर पनि जान सक्ने विकल्प अघि सारेका छन् ।

केहि दिन अघि एमालेका अध्यक्ष केपी अेालीले समेत टेलिफाेन गरेर प्रचण्डलाइ सहकार्यकाे संकेत गरेका थिए । उनले पछिल्लाे चुनावी परिणामले वामपन्थी शक्तिका विरूद्द घेराबन्दी भएकाे बताएका थिए ।

सरकार बनाउन दौडधुप सुरु गरिरहेका नेताहरूलाई एमाले कांग्रेस  दुबै दलका नेताहरु सकेसम्म आफ्नै पार्टीकाे प्रधानमन्त्री बनाउन नभए  प्रचण्डलाई प्रधानमन्त्री बनाएर भएपनि सरकार चलाउन इच्छुक भई  रहेका छन् । 

भारतलाई पनि चासो 

चुनावको अन्तिम मत परिणाम आई सक्न लाग्दै नेपालका लागि भारतीय राजदूत नवीन श्री वास्तवले पनि नेपालमा कस्तो सरकार बन्छ भन्ने विषयमा चासाे राखिसकेका छन् ।

उनले एकै दिन नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेपालस्थित भारतीय राजदूत नवीन श्री वास्तवले शनिवार  खुमलटार पुगेर प्रचण्डसँग भेटे लगत्तै बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका थिए ।

उनले दुवै नेताहरूसँग अब नेपालमा कसको सरकार बन्छ? भन्ने विषयमा चासाे राखेकाे स्रोतले बतायाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर