• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रोमाञ्चक यौन–जीवनका लागि थाहा पाउनुपर्ने १० टिप्स 

काठमाडौैं । कुनै पनि व्यक्तिको शारीरिक रुपान्तरणको लागि तपाईंको कामुकताले ठूलो भूमिका खेलेको हुन्छ । हर्माेनको स्तरमा आउने गिरावटले न्यूरोलोजिकल र परिसञ्चरणको काममा ठूलो असर गर्ने गर्छ । जसले गर्दा योनीको दुखाइ जस्ता यौन समस्याहरु निम्तिने गर्छ ।
यस्ता शारीरिक परिवर्तनहरुको अक्सर मतलब यो हो कि युवाहरु यौन सन्तुष्टिको अभाव वा यौन सम्बन्धी कुनै समस्याका कारण आफूमा केही अपुग भएको महसुस गर्छन् । तर परिपक्व यौनको लागि आत्मविश्वास, भावनात्मकताको विकास आदिको भूमिका ठूलो हुन्छ । त्यसैले सही यौन क्रियाकलापको लागि केही व्यवहारगत पक्षलाई हामीले ध्यान दिनुपर्ने हुन्छ ।

१. यौन शिक्षा

उत्कृष्ट र आनन्ददायक यौन सम्बन्धका लागि यौन शिक्षाको ज्ञान हुन जरुरी छ । यसले हामीमा रहेको यौन सम्बन्धी भ्रम चिर्न र यौनलाई आयमिक रुपमा बुझ्न सहयोग गर्छ । सुरक्षित यौन सम्पर्क कसरी गर्ने, यौनजन्य संक्रमणबाट कसरी बच्ने भन्ने कुरा जान्नुपर्छ । सुरक्षित, संयमित यौन क्रियाकलापका लागि आवश्यक जानकारी सहितका पुस्तक एवं जानकारी मूलक सामाग्री जताततै उपलब्ध हुन्छन् । दम्पतीले यौन, यौनाङ्ग आदिको बारेमा राम्रो ज्ञान राख्नुपर्छ ।

२ आफैँलाई समय दिनुहोस्

तपाईंको उमेरसँगै तपाईंको यौन प्रतिक्रिया पनि बिस्तारै कम हुँदै जान्छ । त्यसैले यहाँहरुले उमेरमा नै पर्याप्त समय दिनुपर्छ । जब तपाईंको यौन प्रतिक्रियाहरु ढिलो सुरु हुन्छ । तब तपाईं आफ्ना पार्टनरको साथमा एक शान्त एवं आरामदायक र रोकावट मुक्त ठाउँ खोजेर यौनक्रिडामा रमाउन सक्नुहुन्छ ।

३. योनी सुख्खा हुन नदिनु

प्रायःयोनि सुख्खा भयो भने यौन सम्पर्कमा कठिनाइ हुने गर्छ । यस्तो अवस्थामा यौनक्रिंयामा रमाइलोभन्दा पनि पीडा बढी हुन सक्छ । त्यसैले योनीलाई सुख्खा हुन नदिनको लागि पहिले योन सम्पर्कभन्दा पहिले फोर प्लेको माध्यमबाट योनीलाई सुख्खा हुन दिनु हुँदैन ।
४. आफ्नो शारीरिक तन्दुरुस्ती कायम राख्नु

यौन सम्पर्कको लागि शारीरिक तन्दुरुस्ती पनि आवश्यक हुन्छ । यदि तपाईं तनाव र पीडामा हुनुहुन्छ भने यसले तपाईंको यौन जीवनमा खुसी ल्याउन नसक्ने हुन सक्छ । त्यसैले तपाईंले आफूलाई सबैभन्दा पहिले थकान रहित महसुस गर्नुपर्ने हुन सक्छ ।

५. स्पर्शको अभ्यास

यौन सम्पर्कलाई झनै आकर्षक र रोमान्चक बनाउनको लागि सबैभन्दा पहिले एकले अर्कालाई कामुक पाराले स्पर्श गर्ने अभ्यास गर्न सक्नुहुन्छ ।

६. विभिन्न पोजिसनको अभ्यास

यौन सम्पर्कको समयमा विभिन्न यौन पोजिसनको बारेमा पनि जान्नु पर्छ । एउटै पोजिसनमा यौन सम्पर्क राख्दा यौन जीवन त्यति खुसी युक्त हुँदैन । त्यसैले यौन सम्पर्क अघि विभिन्न पोजिसनको ज्ञान हुनु जरुरी छ ।

७. तपाईंको प्रेम र कल्पना सुनाउनुहोस्

यौन सम्पर्कको लागि सबैभन्दा पहिले पार्टनरहरुबीचको कल्पना र प्रेमलाई एक अर्कामा अभिव्यक्त गर्ने कोसिस गर्नुहोस् । जसले मुड अफ भएकालाई पनि मुडमा ल्याउन सकिन्छ ।

८. आनन्द महसुस गर्नुहोस्

शारीरिक थकान मात्रै होइन । तपाईंले रमाइलो यौन जीवनको लागि मानसिक रुपमा पनि आनन्द महसुस गर्नुपर्छ । त्यसैले सबैभन्दा पहिले आनन्द महसुस गर्ने कोसिस गर्नुपर्छ ।

९. एक अर्कालाई तरंगित बनाउने कोसिस गर्नुहोस्

विशेषगरी यौनक्रियामा महिलाहरुमा बढी कम्पनयुक्त क्षमता बढी हुन्छ । पुरुषहरुमा कम्पन उत्पन्न गराएर यौन क्रियाकलापमा सहभागी गराउनु आवश्यक देखिन्छ ।

१०. हार नमान्नुहोस्

यदि तपाईंको कुनै पनि प्रयासबाट पनि यौन सम्पर्कमा सन्तुष्टि मिल्दैन भने पनि हार नखानुहोस् । यसको लागि यौन समस्याको कारण कारण निर्धारण गरेर त्यसको प्रंभावकारी उपचार खोज्न सकिन्छ । त्यसैले कहिलै पनि हार मान्नु हुन्न ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर