• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सरकार गठन भएको चारमहिनामै ढल्यो कुवेतमा सरकार

काठमाडौं । सरकार गठन भएको चार महिनामै कुवेतमा सरकार ढलेको छ । कुवेतका प्रधानमन्त्री शेख अहमद नवाफ अल अहमद अल सबाहले पदबाट राजीनामा दिए सँगै सरकार ढलेको हो ।

विपक्षी दलसँग संसदमा विवाद भएपछि उनले राजीनामा गरेका हुन् । संसदमा विवाद उत्पन्न भएपछि उनले युवराज शेख मेसल अल अहमद अल जाबेर अल सबाहसमक्ष राजीनामा पेस गरेका थिए । 

कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले राजीनामा दिएको कुनाले मन्त्रिपरिषद्को विज्ञप्ति उद्धृत गर्दै जानकारी दिएको छ । 

गत अक्टोबरमा शपथ लिएको निवर्तमान मन्त्रिपरिषद् बितेका तीन वर्षमा छैटौँ हो । एक दशकपछि गत सेप्टेम्बरमा कुवेतमा निर्वाचन भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर