• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

टुँडिखेलमा प्रजातन्त्र दिवस (फाेटाे फिचर)

काठमाडौं । ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । यसैक्रममा प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, मन्त्री, संवैधानिक निकाय तथा कूटनीतिक निकायका प्रमुखहरू सहभागी छन् ।

समारोहलाई उल्लासमय बनाउन नेपाली सेनाको दुईवटा हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अंकित व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । त्यस्तै मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै ‘यो नेपाली शीर उचाली’ सहित देशप्रेमले भरिपूर्ण कालजयी राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो ।

तस्वीरः प्रदिप राज वन्त

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर