सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद विस्तार आज 

काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् शनिबार (आज) विस्तार हुँदै छ।


शुक्रबार नै गर्ने भनिएको मन्त्रिमण्डल विस्तार सत्ता गठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयमा दाबी गरेपछि रोकिएको थियो। 


आन्तरिक छलफल गर्ने भन्दै उन्मुक्तिले आज बिहान १० बजेसम्मको समय मागेको छ। नागरिक उन्मुक्ति पार्टी सरकारमा सामेल हुने÷नहुने भन्ने कुरा यो खबर लेख्दासम्म टुंगो लागेको छैन। 


मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति सरकारमा सामेल नभए माओवादी र कांग्रेसबाट मन्त्री नियुक्त गरेर सरकार विस्तार गर्ने तयारी गरेका छन्। 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर