• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

देशका लागि खेल्न दक्षिण अफ्रिका जाने भए सन्दीप

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो ।

जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ । तर याी बीचमा लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीसँगै पठाएको थिएन । तर अहिले पेसी सरेपछि उनलाई जतिसक्दो छिटो दक्षिण अफ्रिका पठाउन लागिपरेको क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

सन्दीपको मुद्दाको पेसी असार २९ गतेका लागि सरेपछि उनलाई भोलि (सोमबार) बेलुका दक्षिण अफ्रिका पठाउने तयारीमा रहेकाे उनका् भनाइ छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर