करिम बेन्जेमा अल इतिहादमा भए अनुबन्धित

काठमाडौं। फ्रान्सका स्टार फरवार्ड करिम बेन्जेमा साउदी च्याम्पियन अल इतिहादमा अनुबन्धित भएका छन् । उनले इतिहादसँग ३ वर्षको सम्झौता गरेका हुन् ।
साउदी क्लबमा अनुबन्धितपछि बेन्जेमाले भनेका छन्, ‘यो लिगमा पनि राम्रो खेलाडीहरू छन्, क्रिस्टियानो रोनाल्डो पहिले नै त्यहाँ छन् । म युरोपमा जस्तै जित्नको लागि यहाँ आएको हुँ ।’
बेन्जेमा मंगलबार मात्र रियल मड्रिडबाट बिदा भएका थिए । उनले मड्रिडमा १४ वर्ष बताए । करिब डेढ दशकमा उनले रियलमा ५ च्याम्पियन्स लिग र चार ला लिगासहित २५ ट्रफी जिते । रियलका लागि बेन्जेमाले ३ सय ५४ गोल गरे ।
प्रतिकृया दिनुहोस