• २०८० असोज ७ आइतबार
  • Sunday, 24 September, 2023

सुन्दर रारा, स्वर्गकी अप्सरा

काठमाडौं । नेपालको एक प्रमुख पर्यटकीयस्थलमध्ये रारा ताल सबैभन्दा उत्कृष्ट गन्तव्यमा पर्छ । कर्णाली प्रदेशको मुगुमा रहेको रारा ताल हेर्न यहाँ वार्षिक हजारौं पर्यटकहरू आइपुग्छन् । यहाँको मनमोहक प्राकृतिक सौन्दर्यले सबैलाई लोभ्याउँछ ।

 

नपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए ।

राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्व बढ्दै गएको पुरानो किम्बदन्ती छ । समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेको छ ।

रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ । रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ ।

 

फोटो फिचर: कविराज कार्की /मुगु

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर