• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी

काठमाडौँ । कार्णाली प्रदेशको मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ ।

कालिका मालिका मन्दिरदेखि उत्तरतिरको बजार क्षेत्रमा गए रातिदेखि शुरु भएको आगलागीले केही घर, पसल, गोदाम जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

यस क्षेत्रमा रहेका ६ वटा घर आगलागीले पूर्णरुपमा जलेको र आसपासमा रहेका अन्य घरमा पनि आगोले क्षति पुगेको थापाले बताएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले विहान करिव ४ बजेतिर आगो नियन्त्रणमा ल्याएको स्थानीय शिक्षक कविराज कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार गए राति करिव १:४५ बजे तिर मुगुको गमगढी बिच बजार अर्थात कालिका मालिका मन्दिरको दक्षिणी भागको तल भएको भिषण आगलागीबाट ८ घर जलेर नष्ट भएका छन् । आगलागीबाट ८ घर धनी सहित विभिन्न व्यवशाय तथा डेरा गरी बस्ने  थुप्रै परिवारहरू घरबारविहीन भएका छन् ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर