• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

हाङ्जाओमा एसियाली खेलकुदकाे भब्य उद्घाटन

काठमाडौं । चीनको समृद्ध शहर हाङ्जाओमा १९ औं एसियाली खेलकुदको भव्य उद्घाटन भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार राति आयोजित कार्यक्रमकाबीच एसियाडको उद्घाटन गरेका हुन्। 

एसियाडका खेलहरू भने यसअघि नै सुरु भइसकेको भएपनि शनिबार आयोजित विशेष कार्यक्रममार्फत राष्ट्रपति सीले औपचारिक उद्घाटन गरेका हुन्। 

एसियाडमा सहभागी हुन विभिन्न देशका प्रतिनिधिहरू हाङ्जाओ पुगेका छन्। नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली सोही समारोहमा सहभागी हुन शनिबार हाङजाओ पुगेको छ। 

एसियाडमा सहभागी हुने अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघीय महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन पुगेका हुन्।

बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता ने हुकार्यक्रम छ । उक्त भेटावार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् । सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् । महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम छ ।

यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । यसैगरी उनले चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरुको सहभागिता रहने छ । 

सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ । सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरु पनि चीन पुगेका छन् ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर