स्टार क्रिकेटर सन्दीप भोलि चीन जाने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने १९औं एसियन गेम्स खेल्न सोमबार चीन जाने भएका छन्।
एसियाडका लागि सन्दीपबिनै नेपाली टोली आज हाङजाओ प्रस्थान गरेको छ। लामिछानेको आज पेशी थियो । तर स्थगित भएपछि उनी भोलि चीन जाने पक्का भएको हो ।
नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका लागि आजै पेसी परेका कारण सन्दीप टोलीसँगै चीन जान पाएनन्। काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै सुनुवाइ स्थगन गरेपछि उनी भोली सोमबार जाने भएका हुन्।
एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दै छ। खेल जेझियाङ क्रिकेट फिल्डमा बिहान ६ः४५ बजे हुनेछ।
समूह चरणको अन्तिम खेलमा नेपालले आगामी आइतबार मालदिभ्ससँग खेल्ने तालिका छ। क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेस्ट टोलीसँग खेल्नेछ।
क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै स्थान बनाएका छन्।
एसियाडमा क्रिकेटका खेलहरु १० गतेदेखि २१ गतेसम्म चल्नेछ।
नेपाली टिमः रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि।सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)
प्रतिकृया दिनुहोस