• २०८१ बैशाख २४ सोमबार
  • Monday, 6 May, 2024

प्रधानमन्त्री प्रचण्ड र कतारका अमिरबीच ‘वान टु वान’ भेटवार्ता

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्धिपक्षीय भेटवार्ता गरेका छन् ।

उनीहरुबीचको भेट काठमाडौंस्थित सोल्टी होटलमा भएको हो । अमिर थानी र प्रधानमन्त्री प्रचण्डबीच वान टु वान वार्ता चलिरहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार कतारसँग ६ वटा एमओयुमा हस्ताक्षर हुनेछन्।

नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर