• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

सडक बढाउने कि सडकपेटी: सडक विभाग र महानगरबीच लफडा (फाेटाेफिचर)

काठमाडौं ।  सडक डिभिजन कार्यालय र काठमाडौंले महारनगरबीच सडक बनाउने कि सडकपेटी भन्ने विषयमा लफडा बढेको छ । 

विभागले महानगरलाई क्षतिपूर्ति भराउनेगरी न्युरोडको सडक आफैँ कालोपत्रे गर्न थालेको छ। महानगरले न्युरोड क्षेत्रमा फुटपाथ विस्तारकोलागि सडक काटेपनि सडक विभागले समन्वय नगरेको भन्दै रोकेको काम कालोपत्रे गर्न लागेको हो। 

सडक विभागले पिच गर्न थालेपछि महानगर प्रहरी समेत न्युरोड पुगेको छ। मेयर शाहका समर्थकहरूले महानगरलाई काम गर्न नदिएको भन्दै अवरोध गरिरहेका छन्। 

अवरोधकैबीच सडक विभागका कर्मचारीहरूले न्युरोडमा सडक पिचको काम अघि बढाएका छन्। 

सडक डिभिजन कार्यालयले महानगरलाई २ दिनभित्र कालोपत्रे गर्ने अल्टिमेटम दिएको थियो। महानगरले फुटपाथ निर्माणको अधिकार महानगरको भएकाले कानुनी लडाईमा जाने उल्लेख गरेको थियो। 

कालोपत्रे भएसँगै कति मात्रै कति खर्च हुन्छ जानकारी हुने बताए।

सोमबार महानगरपालिकाले काटेको उक्त सडक टाल्न सडक विभागको टोली पुगेको थियो। तर, सडक विभागले काम थालेपछि त्यहाँ केहीबेर विवाद सिर्जना भएको छ।लगत्तै, काठमाडौँ महानगरपालिकाका नगर प्रहरी पनि न्युरोड पुगेका छन्। 

मेयर शाहको निर्देशनमा गत जेठ २० गते न्युरोडको सडक काटिएको थियो। जुन काम हुन नदिएपछि मेयर शाहले सांकेतिक रुपमा सडक विभागको गेटमा एक ट्रक फोहोर खन्याएका थिए। 

त्यसपछि बढ्दै गएको विवाद कार्यापालिका बैठकमा समेत पुगेका थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर