• २०८१ असार २० बिहीबार
  • Thursday, 4 July, 2024

नक्कली भुटानी शरणार्थीबारे बेचन झाको बयानपछि कांग्रेस–एमाले ‘बेचैन’ भए–माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेबीच मध्यरातमा भएको सत्ता ढाल्ने सहमतिलाई नक्कली भुटानी शरणार्थी काण्डमा समातिएका प्रमुख योजनाकार बेचन झाको बयानको प्रतिफल भनेको छ ।

झाले यो प्रकरणमा मुछिएका हाइप्रोफाइलहरुको नाम लिएपछि रातारात कांग्रेस एमालेलाई सत्ता सुम्पन तयार भएको माओवादी टिप्पणी छ । 

माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुनले सुशासनका पक्षमा प्रचण्ड नेतृत्वकाे सरकारले चालेकाे कदमका कारण विभिन्न काण्डमा मुछिएकाहरू एक ठाउँमा आएकाे बताएका छन् ।  

झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति देउवा पत्नी आरजु राणा, एमाले अध्यक्ष केपी ओलीका पीए राजेश बज्राचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेम राईलगायतको नाम लिएको प्रहरी स्रोेतले बतायो । 

याे पनि...

सोमबार साँझ कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्ने सहमति गरेर मध्यरातमा हस्ताक्षर भएकाे थियाे ।  

मन्त्री पुनले एमाले अध्यक्ष ओलीले दाेहाेराे भूमिका खेलेकाे पनि बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बाहिर आएका विषय सबै भ्रम हुन्, यही गठबन्धनलाई अझ बलियो बनाएर ०८४ को चुनावसम्म लैजाने र चुनावपछि पार्टी एकता गर्ने प्रधानमन्त्री प्रचण्डलाई सुनाएकाे उनले बताए ।  

नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि प्रमुख प्रतिपक्षी कांग्रेस आत्तिएर समीकरण फेरबदलमा लागेको पुनले बताए । पार्टीको बैठक बसेर थप निर्णय लिने पुनले बताए ।

शनिबार ओली निवास बालकोटमा सत्ता समीकरण फेरबदलको विषयमा देउवा र ओलीबिच छलफल भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबार र सोमबार लगातार छलफल गरेका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर