• २०८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024

डीआईजी जोशीको बयान सकियो, रविलाई काठमाडाैं ल्याउने तयारी  

काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्व डीआईजी छबिलाल जोशीसँग प्रहरीले बयान लिएको छ । मंसिर ४ मा उनलाई काठमाडौँमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् । 

उनीसँगको बयान पुरा भएकोसँगै अब रवि लामिछानेलाई अनुसन्धानका लागि काठमाडाैं ल्याउने तयारी छ ।

जाेशीलाई प्रहरीले उनलाई शुक्रवार नै पोखरा पठाउने भएको छ ।जोशीमाथि प्रहरीले पोखराको सुर्यदशर्न सहकारी र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनबारे पनि अनुसन्धान गरिरहेको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ ।  

प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । 

पूर्वडीआईजी  जोशी गोरखा मिडियाका सञ्चालक हुन् । उनी विरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर