• २०८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024

दरवारमार्गमा एमालेको शक्ति प्रदर्शन, कोटेश्वरमा दुर्गा प्रसाईंको

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले मानिसहरुको बाक्लो आवतजावत हुने काठमाडौंको दरवारमार्गमा आज शक्ति प्रदर्शन गरेको छ ।

उता एमालेको चर्को विरोधमा उत्रिएका दुर्गा प्रसाईंका समर्थकहरुले काठमाडौंकै कोटेश्वरमा प्रदर्शन गरेका छन् । 

सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा जनसभा गरिरहेको छ। भद्रकालीबाट र्‍याली निकालेर एमालेले दरबारमार्गमा जनसभा गरेको हो।

र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ : तथ्य र सत्यलाई आत्मसात् गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा लगाइएका थिए।

एमालेको जागरणसभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गरेको थियो।

सभालाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गरेका छन् ।

उता हाल हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले आज काठमाडौँको कोटेश्वरमा प्रदर्शन गरेको छ।  

प्रधानमन्त्री ओलीलाई गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा विभिन्न कागजात सार्वजनिक गरेपछि सीआईबीले गत मंगलबार भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको थियो।

पक्राउको विरोधमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर