• २०८१ चैत २ शनिबार
  • Saturday, 15 March, 2025

वुमेन्स कप टि ट्वान्टीः नेपालकाे सान्त्वना जित

काठमाडाैं । युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ ।

लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रन जोडिन् । सम्झनाले ४३ बलको सामना गर्दै ३ चौका प्रहार गरिन् ।

अर्की ओपनर तथा कप्तान इन्दु बर्माले ३२ बलमा १ चौकाको सहयोगमा १८ रन जोडिन् । रोमा थापा ४ रनमा आउट हँदा पुजा महतो २० रनमा नट आउट रहिन् । हङकङका लागि इमा लाइ र महेनदिप कौरले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको थियो ।

हङकङका लागि साञ्जिन शाहजादले ४७ बलमा ५ चौका र १ छक्का सर्वाधिक ५४ रन जोडिन् । चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भइन् ।

नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दुले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १ विकेट लिए ।

सिरिजको लिग चरणको खेल समाप्त गर्दा नेपालले ६ मध्ये २ खेल जितेको छ । अब नेपालले आइतवार तेस्रो स्थानका लागि हुने प्लेअफ खेल्नेछ । 

यसअघि हङकङले नेपालसँगको पहिलो खेलमा १०१ रनको लक्ष्य दिएको थियो। उक्त खेलमा नेपाल २ रनले पराजित भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर