इटहरीमा आगलागी : हेलिकप्टरबाट उद्धार

सुनसरी । इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा भएको आगलागीबाट हालसम्म १६ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । उद्धार हुनेमा ५ जना महिला र ११ जना पुरुष रहेका छन् ।
आगलागीमा फसेका ३ जनाको उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको मन्त्रालयले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीबाट वरिष्ठ उपरीक्षक मनिष थापाको कमान्डमा १०५ जना, नेपाली सेना, नेपाल प्रहरी र ६ वटा दमकलसहित स्थानीय बासिन्दाहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको छ ।
बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका थिए। भवनभित्र फसेका मानिसको सकुशल उद्धारसहित यथासक्य छिटो आगो नियन्त्रण गर्न सघाउ पुर्याउने उद्देश्यले नेपाली सेनाको हेलिकोप्टर पुगेकाे हाे ।
प्रतिकृया दिनुहोस