बराबरीमा रोकियो मेसीको मायामी

काठमाडौं । अमेरिकन मेजर लिग सकरमा सुपरस्टार फुटबलर लियोनल मेसीको टिम इन्टर मायामीले गएराति बराबरी खेलेको छ ।
लिगको सातौं चरणको खेल खेल्ने क्रममा मायामीले सिकागो एफसी विरुद्ध गोलरहित बराबरी खेलेको हो ।
खेलमा मेसीको मायामीले पोसेशनमा पकड जमाउँदै केही आकर्षक मुभ बनाएपनि गोल गर्न भने सकेन ।
लिग तालिकामा बराबरीसँगै मायामी चौथो स्थानमा झरेको छ । पहिलो स्थानमा १८ अंकसहित कोलम्बस क्रु छ भने चारलोटे एफसी दोस्रो,सिनसिनेटी एफसी तेस्रो स्थानमा छन् । तर यी तीनै क्लबले मायामीभन्दा एक खेल धेरै खेलेका छन् ।
प्रतिकृया दिनुहोस