कांग्रेस-एमाले सरकारले एकता भाँड्न चाैधरी पक्राउ गरे- सचिव शाह

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचकाे एकता भाड्नेगरी रेशम चाैधरी पक्राउ परेका छन्। कार्यक्रम स्थल कालादी काठमाडौंबाट चैधरीलाई सादा पाेशाकका प्रहरीले पक्राउ गर्नु सत्ता पक्षकाे एकता चाँड्ने याेजना भएकाे जनमत पार्टीका सचिवल वीपी शाहले जानकारी दिए।
`एकता कार्यक्रम सुरुवातकाे अन्तिम क्षणमा पक्राउ पुर्जी पनि नदिईकन एकता प्रक्रियाका एक प्रमुख नेतालाई प्रहरीले पक्राउ गर्नु ओली सरकारकाे एकता भाड्ने प्रपञ्च हाे´ शाहले समाचार दैनिकसंग भने।
उनलाई पक्राउ गरे। डिल्लीबजार कारागार लगिएकाे छ। विना कुनै जानकारी पक्राउ गरिएकाे नागरिक उन्मुक्तिका नेताले बताए।
बुधबार चौधरी प्रज्ञा भवन परिसरबाट पक्राउ परेका हुन्।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेको थियाे। सोहि बेला चौधरीलाई सादा पाेषाकका प्रहरीले कार्यक्रम स्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको छ।
रेशम चौधरी पक्राउ परेपछि जनमत–नागरिक उन्मुक्ति पार्टी एकता स्थगित भएको छ।
-
सत्ता गठबन्धनको बैठक नाउपा र जनमतले बहिष्कार गरेलगत्तै चौधरी पक्राउ
-
अचानक पक्राउ परे रेशम चाैधरी, पार्टी एकता स्थगित
पार्टी एकता घोषणा सभामा पुगेका नाउपा संरक्षक चौधरी कार्यक्रम स्थलबाटै पक्राउ परेका थिए। त्यसपछि एकता घोषणा अनिश्चितकालका लागि स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए।
‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ। यसको हामी घोर भत्र्सना गर्दछौं। यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ–आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं,’ राउतले भनेका छन्।
प्रतिनिधि सभामा ६ सांसद भएको जनमत र ४ सांसद भएको नाउपाबीच आज पार्टी एकता भएर नागरिक जनमत पार्टी बन्दै थियो।
२०७२ भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो। तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो ।
प्रतिकृया दिनुहोस