ओली प्रचण्ड भेटबारे वर्षमानले भनेः छलफल सकारात्मक

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी ओलीले आज उनको कार्यालय सिंहदरवारमा बोलाएर भेट गरे ।
अध्यक्ष प्रचण्डले उपमहासचिव वर्षमान पुनललाई साथमा लिएर सिंहदरवार छिरे । आफ्ना सल्लाहाकार अग्नि खरेलसहित दुई पक्षीय भएको छलफल झण्डै एक घण्टा चलेको थियो ।
भेटवार्तामा सत्यनिरुपण आयोगका विषयमा छलफल भएको माओवादी नेता वर्षामान पुनले बताए ।
पुनका अनुसार टिआरसीका सम्वन्धमा खासगरी पिडित पक्ष र विभिन्न सरोकारवालाहरुले उठाएका विषयमा छलफल भएको हो ।
उनले भने, ‘पीडितहरुले आफ्ना सरोकोकार विषय कांग्रेस सभापतिसँग पनि भेटेर सुनाएका रहेछन् । उहाँहरुले भोलि प्रमुख प्रतिपक्षी नेता प्रचण्डसँग भेट्न समय लिनुभएको छ । यही सन्दर्भमा आज भेटघाट भएको हो । यो विषय सकारात्मकरुपमा नै अघि बढिरहेको हामीले पायौं । कहाँ पुगेको छ भन्ने विषयमा प्रधानमन्त्रीले प्रचण्डलाई जानकारी गराउनुभयो ।’
प्रतिकृया दिनुहोस