ज्ञानेन्द्र नेपालको ‘हिटलर’ ! (भाग १)

बेलायत । नेपाली इतिहासमा दुई पटक राजा भएका ज्ञानेन्द्र शाह तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै पदच्युत गरेर आफै एकसाथ राजा र प्रधानमन्त्री बने । पूर्वराजा ज्ञानेन्द्र शाहको इतिहास कुनै वीरताको गाथाले भरिएको छैन जुन सुनेर दुनियाँ नतमस्तक होस्, गर्वले छाती चौडा पारोस । बरु ज्ञानेन्द्रको उत्थान भने षडयन्त्र र तस्करीबाट भएर हत्या, बर्बर दमनसँग जोडएिको देखिन्छ ।
जनयुद्धको समयमा विद्रोही माओवादीले भन्दा बढी कांग्रेस, एमाले र राप्रपा समेत सामेल भएको शाही सत्ताले पाँच गुणा बढीको नागरिकको हत्या गरेको पाइन्छ । शाही सत्ताबाट नेताहरूको टाउकाको मूल्य तोक्ने, मान्छेलाई जिउँदै गाँड्ने, जिउँदै जलाउनेदेखि गर्भवती महिलालाई सामुहिक रुपमा चरम बलात्कार गरेर बच्चा जन्माइ हिटल शासनको पुनरावृत्ति दोहो¥याएको देखिन्छ ।
माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु ग¥यो । त्यतिबेला राजा थिए वीरेन्द्र, प्रधानमन्त्री थिए शेरबहादुर देउवा । माओवादीले जनयुद्ध सुरु हुनुभन्दा अघि ०५२ साल माघ २२ गते डा. बाबुराम भट्टराईको नेतृत्वमा १५ दिने अल्टिमेटमसहित ४० बुँदे मागपत्र तत्कालीन प्रधानमन्त्री देउवालाई बुझाएको थियो । त्यतिबेला सरकारले माओवादीलाई काँचै निल्दिन्छौं जस्तो गरेर मत्लव दिएन । देउवा माओवादीको त्यो मागपत्रलाई रद्धिको टोकरीमा फ्याँकेर भारत भ्रमणमा निस्किए । उनले भारतमा रहँदा राष्ट्रघाती भनेर परिचित महाकाली सन्धि गरे ।
नेपालका तत्कालीन प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरसिंह रावबीच ०५२ साल माघ २९ गते महाकाली सन्धिमा हस्ताक्षर भयो । त्यसले देशमा ठूलो रडाको मच्चियो । शाही सत्ताले आफ्ना माग पुरा हुने छनक नदेखिएपछि माओवादी अध्यक्ष प्रचण्ड १९ जनाको केन्द्रीय सदस्यसहित टीम बोकेर ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पार्दै, नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने मूल नारा बोकेर जनयुद्धमा होमिए ।
माओवादीले जनयुद्ध घोषणा गरेपछि देउवा र राजा वीरेन्द्रको सत्ताले पहिलो पटक अवोध बालकको हत्या गरेर द्धन्द्ध भड्काउने काम ग¥यो । २०५२ साल फागुन १४ गते स्कुल पढ्न गएका गोरखाका दीलबहादुर रम्तेललाई प्रहरीले गोली हानेर हत्या ग¥यो । रम्तेल माओवादी जनयुद्धका पहिलो सहिद हुन् । यस्तै प्रहरीले त्यसको भोलिपल्ट फागुन १५ गते रुकुुमको मेलगौरीका खत्री परिवारको हत्या ग¥यो । पुजापाठ गरिरहेको बेलामा प्रहरीले घेरा हालेर पक्राउ गरी हातखुट्टा बाँधेर चरम यातना दिँदै एकै परिवारका ६ जना खत्री परिवारको हत्या ग¥यो । यस घटनापछि क्रुद्ध भएका जनताले माओवादी प्यारो र शाही सत्ता घाँडो मान्न थालेको पाइन्छ ।
प्रचण्ड, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराईसहित १९ जना केन्द्रीय नेताबाट सुरु भएको जनयुद्ध देशभर फैलिएर १० वर्षमै २४० वर्षसम्म एकछत्र रजगज गरिरहेको राजतन्त्रको अन्त्य भयो । कांग्रेस र एमाले लगायतका पार्टी पनि माओवादीले जनयुद्ध सुरु गर्दा भनेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता सहितको व्यवस्था अंगाल्न पुगे । जनयुद्धका बेलामा शाही
सत्ताले गरेको आङ जिरिङ्ग हुने पाशविक, बर्बताका केही घटना यस्ता छन् ः
भैरवनाथ गण ज्ञानेन्द्रको मानव बधशाला
ज्ञानेन्द्रको शासनकालको सबैभन्दा आततायी घटनाको थोपरेको घृणित शैनिक व्यारेक हो भैरवनाथ गण । सेनाको यस गणलाई मानव बधशालाको रुपमा चिनिन्छ । माओवादी जनयुद्धको समयमा सेनाको यस व्यारेकमा २७२ जनालाई पक्राउ गरेर राखेको थियो । रष्ट्रिय मानवअधिकार आयोगले ०६६ सालको असोजमा प्रकाशित गरेको बुलेटिन ‘मानवअधिकारपत्र’मा माओवादी जनयुद्धको क्रममा देशका विभिन्न स्थानबाट पक्राउ गरी तत्कालीन शाही नेपाली सेनाको १० नम्बर बाहिनीअन्र्तगतको भैरवनाथ गण तथा युद्धभैरव राय महाराजगञ्ज काठमाडौंमा थुनामै राखेर बेपत्ता बनाइएको थियो । ‘शिवपुरी क्षेत्रमा प्राप्त अवशेषहरूलाई फिनल्याण्डस्थित हेलसिन्की विश्वविद्यालयको फरेन्सिक ल्यावमा गहन परिक्षण र अनुसन्धान गरिएको थियो अनुसन्धानबाट प्राप्त निष्कर्षअनुसार भेटिएको अवशेष पुरुष मानवको भएको तर उक्त अवशेष कसको हो भनी पत्ता लगाउन तथा त्यो अवशेष भैरवनाथ गणबाट बेपत्ता भएका ४३ जना मध्ये कसैको हो कि होइन भनी पत्ता लगाउन थप अनुसन्धान गर्नुपर्ने निष्कर्षमा आयोग पुगेको छ,’ मानवअधिकारपत्रमा उल्लेख छ,‘ लाश गाडिएको आशंका गरिएको शिवपुरी जंगलभित्रको उत्खनन् स्थलमा धेरै लाशहरू गाडिएको हुनसक्ने अनुसन्धानको निष्कर्ष छ ।’
दोस्रो विश्वयुद्धमा हिटलरले यहुदीहरूलाई ग्यास च्याम्बरमा जिउँदै पोलेको तथा कांग्रेसका पूर्वसांसद् अफताव आलमले जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेको जस्तै दर्दनाक र भयानक घटना हो । त्यतिबेलाको शाही सत्ताले भैरवनाथ गणबाट ४३ जना राजनीतिक बन्दीहरूलाई शिवपुरीको जंगलमा लगेर जिउँदै गाँड्ने तथा पोल्ने गरेको पाइएको थियो ।
सेनाको परमाधिपतिसमेत रहेका त्यसबेलाका राजा ज्ञानेन्द्रको रजगज चलेका बेलामा भैरवनाथ गणमा अपहरण गर्ने, बुटले कुल्चिने, बर्बतापूर्ण यातना दिने, गर्भवति महिलालाई शाही सेनाले सामुहिक बलात्कार गरेर बच्चा नै जन्माइदिने, ब्लेडले चिरेर नुनखुर्सानी दल्दिने, सियोले घोप्ने, हातमा नेलकडी, अनुहारमा मुखुण्डो लगाएर भोकभोकै राखेर खुनका फाल्सा छाद्नेगरी कुट्ने, बर्वरतापूर्ण याताना दिने घटनाहरू भएका थिए ।
०६५ साल भदौ २६ गते बसेको मानवअधिकार आयोगको बैठकले तत्कालीन प्रधानसेनापति र यस गणका प्रमुखसहति घटनामा संलग्नलाई कारबाही गर्न भनेको थियो । सेनाको चरम यातनाका कारण व्यारेकभित्रै खड्गबहादुर घर्ती मगर, टोपबहादुर आलेमगर, पदमनारायण नकर्मी, सुरेश श्रेष्ठ र किरण रायमाझीलाई हिरासतभित्र चरम यातना दिएर मारेको थियो ।
ट्रकमा मान्छे लगेर कतिलाई जिउँदै कतिलाई गोली ठोकेर जलाउने र गाँड्ने गरेका थियो । २०६० साल पुस ५ गते ४९ जनालाई शिवपुरीको जंगलमा एकै चिहान बनाइएको थियो । हिमाल शर्मा, कृष्ण केसी, विना मगर, वीरेन्द्र बस्नेत लगायत १२० जनालाई मार्नका लागि गाँडीमा हालिएको थियो । तर मानवअधिकार आयोगका हस्तक्षेप र बीबीसीमा आएको समाचारका कारण उनीहरू बेपत्ता हुन र मर्नबाट बाँचेका थिए ।
३५ मजदुरको सामुहिक चिहान
ज्ञानेन्द्र राजा भएपछि ‘कु’ गरेर देशमा संकटकाल घोषणा गरे । उनले देशमा संकटकाल लगाएपछि ०५८ साल फागुन ८ गते अछामको सदरमुकाम मंगलसेनमा शाही सेना र माओवादी जनमुक्ति सेनाबीच भीषण युद्ध भएको थियो । त्यसको तीन दिनपछि कालिकोटकको अत्यन्तै दुर्गम क्षेत्रमा रहेको कोटवाडास्थित सुन्थरली विमानस्थलमा शाही सेनाले हेलिकप्टर अवतरण गराउन खोजेको थियो । माओवादीको आक्रमणका कारण सेनाले हेलिकप्टर अवतरण गराउन सकेन । त्यसपछि फर्किएर गयो । त्यसको पाँच दिनपछि फागुन १२ गते सेना फेरि आयो । त्यतिबेला माओवादी थिएनन् । धादिङको जोगिमारा, धुषा लगायतका ठाउँबाट १७ जना चेपाङ, दलित र विपन्न परिवारका युवाहरू विमानस्थल निर्माणको काम गरिरहेका थिए । ति १७ जना सहित ३५ जनालाई सेनाले गोली ठोकेर मा¥यो ।
यस घटनामा दुई जना मजदुरले आफ्नो परिचयपत्र देखाएका थिए । तर पनि सेनाले उनीहरूलाई गोली ठोकेर मार्दियो । सेनाले यसरी गोली हानेर मारेपछि रेडियो नेपाल र नेपाल टेलिभिजनबाट सेनाको कारबाहीमा माओवादी आतंककारीको मृत्यु भनेर प्रशारण भयो । तर ति सबै मजदुर थिए । यतिबेला ज्ञानेन्द्र राजा थिए भने प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानसेनापतिमा रुकमाङ्गत कटुवाल थिए । यस बर्बतापूर्ण घटनामा कारबाही गर्न भन्दै ज्ञानेन्द्र, देउवा र कटुवाल लगायत विरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको छ ।
आकाशबाट बम खसालेर गर्भवती महिलाको हत्या
उच्च आयुक्तको प्रतिवेदन अनुसार सिरहामा २०६२ साल वैशाख २५ गते शाही सेनाले हेलिकप्टरबाट अन्धाधुन्ध बम खसाल्न थाल्यो । सेनाले खसालेको बमका कारण राति सुतिरहेको अवस्थामा ८ वर्षीय सञ्जिव साह, ५ वर्षीय लुखिदेवि साहको मृत्यु भयो । सेनाकै हावाई आक्रमणमा परि अर्को घरकी एक गर्भवती महिला र एक सर्वसाधारणको मृत्यु भएको थियो । रिपोर्ट अनुसार शाही सेनाको हवाइ बमबारीका कारण ९ जनाको मृत्यु र १९ जना घाइते भएका थिए । उनीहरू सबै सर्वसाधारण थिए ।
गाउँलेलाई गोली, बस्तीमा आगो !
माओवादी जनयुद्धको बेला तत्कालीन राजा वीरेन्द्रले हिटलरको रुप देखाए । त्यसबेला रुकुमको खाराका सिंगो गाउँमा नै आगो लगाएर खरानी बनाइदिए । २०५६ साल फागुन १० गते युनिफाइड कमाण्डको नाममा गठन भएको शाही प्रहरी– सेनाले गाउँलेलाई घेरा हालेर बन्धक बनायो । गाउँमा पाएजति र भेटिए जतिका सबै नागरिकलाई भेला पारेर नजिकैको विद्यालयमा राख्यो र पुरै गाउँलाई आगो लगायो । शाही सत्ताको आपराधिक हर्कतका कारण सिंगो गाउँ छिनभरमै खरानी भयो, गाउँलेको चिल्लिविल्ली भयो ।
त्यतिबेला सुरक्षाफौज समक्ष आफू जनप्रतिनिधि र कांग्रेसको सक्रिय सदस्य भएको भन्दै त्रिभान वलीले प्रमाणपत्र देखाइ रहेका थिए । तर शाही सत्ताले जनप्रतिनिधि वली र उनका दुई छोरा सहित अन्य १९ जना निर्दोष जनतालाई गोली ठोकेर मा¥यो । शाही सत्ताले आगो लगाएर ८० वटा घर खरानी बनायो ।
दाइ वीरेन्द्रबाटै सिकेर भाइ ज्ञानेन्द्रले पनि गाउँनै आगो लगाए । ज्ञानेन्द्र राजा भए लगत्तै ०५८ सालमा देशभर संकटकाल घोषणा गरे । ज्ञानेन्द्रको निर्देशनमा रोल्पाका गाउँ जलाइयो । ०५८ साल चैत १६ गते ज्ञानेन्द्रको निर्देशनमा शाही सेनाले रोल्पाका गाउँमा आगो लगायो । शाही सेनाले रोल्पालको ठूलो गाउँका आगो लगाउँदा १९ घर जलेर खरानी भए । रुकुम र रोल्पामा घर मात्र जलेन, त्यहाँ भएका गोठका पशुचौपाय पुरै जलेर खरानी भए, अन्नपात ध्वस्त भए । शाही सत्ताको त्रासले गाउँले पुनः घर बनाएर बस्न सकेनन्, उनीहरू जंगलमा लुकेर बस्न बाध्य भएका थिए ।
यस्तै, रोल्पाको थवाङ छिर्ने मुख्य प्रवेश केन्द्र रुकुमको महत गाउँमा शाही सत्ताले २०५९ साल असोज ६ गते १७ जना गाउँलेलाई गोली हानेर मार्दियो । युद्धको चपेटामा सबैभन्दा बढी रोल्पाको जेलबाङका नागरिक परेका छन् । जेलवाङमा गोली नलागेको र घाइते नभएको घर नै छैनन् । यहाँ शाही सत्ताबाट ६३ र विद्रोही माओवादीबाट १० जना गरी ७३ जनाको निधन भएको छ । वीरेन्द्र र ज्ञानेन्द्रको यहीँ आततायी घटनाबाट आजित भएका रुकुम र रोल्पाका जनता शाही सत्ताविरुद्ध उत्रिए र २४० वर्षदेखि एकछत्र राइँदाइँ गरेर बसेको राजतन्त्रलाई समाप्त पार्दिए ।
ज्ञानेन्द्रको धुत्र्याइँ ः वार्तामा बोलाएर सामुहिक हत्या
दाङको हापुरेमा २०६० साल साउन ३२ गते तत्कालीन राजा ज्ञानेन्द्रका प्रतिनिधि डा. प्रकाशचन्द्र लोहनी, कमल थापा ज्ञानेन्द्रकै मन्त्री नारायणसिंह पुन र विद्रोही माओवादीको तर्फबाट डा. बाबुराम भट्टराई, कृष्णबहादुर महरा लगायतबीच वार्ता भइरहेको थियो । त्यसदिन माओवादीको रामेछाप र काभ्रेका विशेष जिल्ला कमिटी अन्तर्गतको इलाका कमिटीको बैठक रामेछापको दोरम्भामा बस्दै थियो । त्यतिबेला युद्धविराम भएको थियो । तत्कालीन शाही सेना र लालसेना ५ किलोमिटर क्षेत्र वरपर निस्कन नपाउने आचारसंहिता बनेको थियो । तर सेनाको व्यारेकभन्दा २५ कोष पर दोरम्वामा रहेको निशस्त्र माओवादीलाई विहान ११ बने सेनाले घेरा हाल्यो । सेनाले हात पछाडि बाँधेर, आँखामा पनि पट्टी बाँधेर एक घण्टा पैदल हिँडाएर डाँडाकोटरी भन्ने ठाउँमा पु¥यायो । ति सबैलाई लाम लगाएर चरम यातना दिएर गोली ठोकेर मा¥यो ।
मन्थलीका तत्कालीन मेजर राममणि पोखरेलको नेतृत्वमा ८० जनाको संख्यामा गएको सेनाले घेरा हालेर हत्या गरेको थियो । दुईजनालाई सेनाले घेरा हालेको घरमै गोली हानेर हत्या गरेको थियो भने अन्य १९ जनालाई डाँडाकोटरीमा लाम लगाएर हत्या गरेको थियो । कार्यक्रममा उपस्थित ३५ जना मध्ये अन्य भाँगेर ज्यान जोगाउन सफल भए । मानवअधिकार आयोगले यस घटनलाई अमानवीय भनेर मेजर राममणि पोखरेललाई कारबाही गर्न सिफारिस गरेको थियो । ज्ञानेन्द्रको यस धुत्र्याइँका कारण वार्ता भंग भएको थियो । त्यसपछि युद्धले झन् उग्ररुप लियो र ८ देखि १० हजारको थप निधन भएपछि राजतन्त्र नै अन्त्य भएर देशमा गणतन्त्र आयो ।
नेपालस्थिति संयुक्त राष्ट्रसंघीय मानवअधिकारको प्रतिवेदनमा भनिएको छ,‘पाँच महिलासहित १९ जनालाई हातखुट्टा बाँधी नियन्त्रणमा लिइयो र नजिकैको डाँडाकटेरी पहाडमा जबर्जस्ती हिँडाएर लगियो । त्यहाँ उनीहरूलाई लाइनै लगाइ कुनै विधिप्रकृया नपु¥याइ नजिकैबाट टाउको र छातीमा गोली हानी हत्या गरियो । तिनका लासलाई हत्यास्थल नजिकैको भिरालोबाट फ्ँयाकियो ।’
कलाकारलाई आगो, दलितको कत्लेआम
काभ्रेको अनेकोटमा अखिल नेपाल जनसांस्कृतिक संघका केन्द्रीय सदस्य च्याङ्वा लामासहित ७ जनालाई तत्कालीन शाही सत्ताको प्रहरी फौजले जिउँदै आगो लगाएर निर्ममतापूर्वक हत्या ग¥यो । मादल, हार्मोनियम, बाँसुरी बजाएर गीत गाइरहेका बेलामा प्रहरीले ०५५ साल चैत ५ गते घेरा हालेर गोली ठोक्दै आगो लगाएर ४६ जनाको हत्या ग¥यो ।
यस्तै तत्कालीन शाही सेनाले हेलिकप्टरबाट बम खसालेर दलित समुदायलाई कत्लेआम ग¥यो । दाङको कौवाघारीका दलित समुदायका युवाहरू नजिकैको जंगलमा राँगा काटिरहेका थिए । खसआर्य समुदायका मानिसहरूले घरमा राँगा काट्न बन्देज लगाएका नजिकैको जंगलमा दलित समुदायका युवाहरू भेला भएर राँगा काटिरहेका थिए । तर शाही सेनाले हेलिकप्टरबाट बमबारी गरेर २०५९ साल जेठ १६ गते १२ जना दलितहरूको सामुहिक हत्या ग¥यो ।
विद्यार्थीलाई गोली हानी हत्या
रुकुमस्थिति तत्कालीन माग्मा गाविसका रवि खत्री क्षेत्री ०५३ साल असार २९ गते पक्राउ परे । उनी विद्यार्थी थिए । प्रहरीले एक्कासी गोली हानेर घाइते बनायो । प्रहरीले हानेको गोली उनको खुट्टामा लाग्यो । रविलाई गाविस कार्यायलमा जिउँदै पक्रेर लगेको थियो । अब के गर्ने भनेर प्रहरीबीच छलफल भयो । नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगको रिपोर्टमा भनिएको छ– छलफलपछि उनलाई छातीमा गोली हानियो ।’ यस्तै अखिल क्रान्तिकारीका तत्काली उपाध्यक्ष बेनोज अधिकारीलाई पनि २०५८ साल फागुन २४ गते सेनाले पक्राउ गरेर मोरङको खोर्सानेस्थित बाघझोडाको जंगलमा लगेर गोली हानी हत्या गरेको थियो ।
नागरिकलाई उठाएर हत्या
झापा महेशपुरका चतुरमान राजवंशी भारतको सिलिगुढी जाँदै थिए । उनलाई भारतीय सुरक्षाफौजले २०५९ साल पुस १३ गते पक्राउ ग¥यो । त्यसपछि भारतले ज्ञानेन्द्रको शाही सत्तालाई बुझायो । उनलाई झापाको चारआली ब्यारेकमा ८ महिना राखियो । राजवंशी त्यतिबेला माओवादीको २०५८ सालमा झापा जिल्लाको इन्चार्ज, २०५९ सालामा मोरङ र सुनसरीको संयुक्त इन्चार्ज थिए । अहिले उनी वेपत्ता छन् ।
यस्तै २००४ को फेब्रुअरीमा ४ जना माओवादी खोज्दै ६० जना शाही सेना गन र बुट बजार्दै बर्दियास्थित महामदपुरको गाउँ पस्यो । दुईजनालाई पक्राउ ग¥यो, एकजना भाग्न सफल भए । सेनाको हुल देखेपछि आत्तिएका निराजन थापा नजिकैको बाँसको झ्याङमा लुक्न खोजे । सेनाले देख्यो । उनी निशस्त्र नागरिक थिए । उनले आफू माओवादी नभएको भनेर अनुनय विनय गरे, रोए कराए तर हिंस्रक सेनाले उनको चित्कार सुनेन र सिधै तीन गोली ठोकेर मा¥यो ।
यस्तै, झापाकी रमादेवि अधिकारी र उनका श्रीमान राति घरमा सुतिरहेका थिए । ०६२ साल असार १९ गते राति सादा पोसाकमा आएका सुरक्षाफौजले उनीहरूलाई उठाए । रमादेविलाई घरमै छाडेर उनका श्रीमानलाई गिरफ्तार गरे । रमादेविलाई शाही सेनाले माओवादीलाई खाना खुवाएको भनेर धम्क्याए । उनले होइन भनेर जीवन रक्षाको भिख मागिरहिन् तर शाही सेनाले उनको याचना सुनेन । रमादेविको श्रीमानलाई गोली ठोकेर मार्दियो ।
प्रतिकृया दिनुहोस