• २०८२ जेठ १५ बिहीबार
  • Thursday, 29 May, 2025

पुरीको कडा काउण्टर, युवा संघमा ओली पक्षका थेवे दाेहाेरिए

पोखरा । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको अधिवेशनबाट अध्यक्षमा केपी अेाली पक्षका क्षितिज थेबे निर्वाचित भएका छन्। संघको नवौं महाधिवेशनबाट अध्यक्ष बनेका थेबे पोखरामा भएको दशौं महाधिवेशनबाट पनि अध्यक्षमा दोहोरिएका हुन्। 

थेबेले ७९६ मत पाए भने उनका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत पाएका थिए।

पुरी आठौं महाधिवेशनबाट संघको उपाध्यक्ष बनेका थिए भने नवौं महाधिवेशनबाट महासचिव बनेका थिए।

अहिले अध्यक्ष पदमा उम्मेदवार बनेका पुरीले १८८ मतले पराजय ब्यहोर्नु परेको हो। पुरी यसअघि महासचिव थिए ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि थेबे र पुरी प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । मंगलबार बिहानदेखि विद्युतीय मतदान भएको थियो ।

महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७ सय ५५ मत ल्याउँदा पुरी प्यानलका कुबेर अधिकारीले ६ सय ४९ मत प्राप्त गरे । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र पुरी प्यानलका अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भएका छन् ।

अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा निर्वाचित भएका छन् ।

पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, सचिव खुलामा अरुण कुँवर र ध्रुव खड्का, महिला सचिवमा रेशु तामाङ, मधेसी सचिवमा चितरञ्जन यादव उम्मेदवार थिए ।

अनुशासन आयोग अध्यक्षमा अजयजंग शाही, निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोग अध्यक्षमा विक्रम गुरुङ, युवा विज्ञ आयोग अध्यक्षमा मोदनाथ सिलवाल (सन्तोष)ले पुरी प्यानलबाट उम्मेदवारी दिएका थिए ।

संघको १० औं अधिवेशनले १ सय ६३ जना निर्वाचित गर्नुपर्नेमा ६४ पदमा निर्विरोध निर्वाचित भएका थिए ।मंगलबार भएको निर्वाचनमा देशभरबाट पोखरा आएका १ हजार ७६५ जनामध्ये १ हजार ४०४ जनाले मतदान गरेका थिए।

अधिवेशनको उद्घाटन गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर