सरकारले खोस्यो राप्रपाका तीन सांसदको पिएसओ

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकैपटक खाेसेकाे छ ।
प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता भएका हुन्। प्रमुख सचेतक शाहीले आफूहरूको सुरक्षा फिर्ता भएको हाे।
प्रमुख सचेतक शाहीले आफूहरूको सुरक्षा फिर्ता जानकारी दिएका छन् ।
‘पिएसओ फिर्ता भएका छन्, यो मलाई आपत्तिको विषय चाहिँ होइन,’ उनले भने, ‘किन फिर्ता भए पनि थाहा भएन ।’ उनले राप्रपाका अरू दुई जना सांसदहरूको पनि पिएसओ फिर्ता भएको बताए। राप्रपाका अर्का सांसदले पनि पिएसओ फिर्ता भएको बताएका छन्।
‘हामीलाई दिएको सुरक्षा फिर्ता भयो,’ उनले भने, ‘किन हो जानकारी भने केही दिइएन।’ शाही प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्व आइजिपी रहेकोले पिएसओ दिँदै आइएको थियो। यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले नियमित ब्रिफिङका लागि पिएसओहरूलाई बोलाइएको हुन सक्ने बताएका छन्। ‘सुरक्षा संवेदनशीलताको आधारमा बेलाबेला हामीले सबै पिएसओहरूलाई बोलाएर ब्रिफिङ लिने गरेका हुन्छौं, त्यही कारण बोलाइएको हो कि,’ उनले भने ।
‘यो सरकारका विरुद्ध हामी सडक र सदनबाट निरन्तर अघि बढ्नेछौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ,’ शाहीले भने, ‘प्रधानमन्त्रीले उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजे पनि हामी संयमित रहनेछौं ।’
उनले १५ जेठको आन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्रीले दिएका अभिव्यक्ति संविधानविरोधी रहेको पनि बताए ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले भने, ‘फिर्ता गरेको बारेमा थाहा भएन, नियमित ब्रिफिङको लागी उनीहरुलाई बोलाइएको हो,’ ।
पीएसओ फिर्ता बोलाइएपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पीएसओ हटाएको विषयमा आपत्ति नभएपनि सरकारले विभेद गरेको विषय भने निन्दनीय भएको बताए ।
प्रतिकृया दिनुहोस