म माथि राजीतिक प्रतिशोध साँधियोः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर आक्रमण गरिएको दावी गरेका छन् । गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गरेर यस्ताे जानकारी गराएका हुन्।
प्रतिनिधि सभामा बोल्न समय माग गरे पनि विपक्षीहरूको अवरोधका कारण बोल्न नपाएका उनले बुधबार अपराह्न संघीय संसद भवन परिसरबाट पत्रकार सम्मेलन गरेका हुन्।
भिजिट भिसा प्रकरणमा नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन्।
अहिलेकाे विषय अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले हेरिरहेकाे र गृहमन्त्रीसँग नजाेडिएकाले राजीनामा दिन जरुरी नभएकाे उनकाे तर्क छ ।
सरुवा गरेका हरेक कर्मचारीका विषयमा सरुवा गर्ने व्यक्तिले जिम्मा लिन नसक्ने बताएका उनले आफूमाथि नियोजित र प्रतिशोधपूर्ण व्यवहार गरिएको उनले दावी गरे ।
प्रतिकृया दिनुहोस