ओली नै छक्क पर्नेगरि गृहमन्त्रीले गरे बचाउः ‘सांगितको नियन्त्रणको कुरा गर्नुभएको’

काठमाडौं । आलोचनाको विषय बनेको प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिलाई गृहमन्त्री रमेश खेलकले चलाखीपूर्ण तरिकाले बचाउ गरेका छन् । अहिलेसम्म प्रधानमन्त्री र एमालेकै नेताहरुले समेत नगरेको तर्क अघि सार्दै लेखकले प्रधानमन्त्रीले सांगितिक नियन्त्रणको कुरा गरेको भन्दै ओलीको बचाउ गरे ।
भिजिट भिसा प्रकरणमा आफूबारे उठेका प्रश्नको जवाफ दिन बुधबार आयोजित पत्रकार सम्मेनलमा उनले ‘आन्दोलनलाई संगित महोत्सवका रुपमा बनाउ’ भन्ने सन्दर्भमा त्यस्तो अभिव्यक्ति दिएको जिकिर गरे।
गृहमन्त्री लेखकले भने, ‘प्रधानमन्त्रीले भोलि गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा संगीतमय बनाउँ। संगीत महोत्सवका रुपमा बनाऔंँ, सांस्कृतिक महोत्सवको रुपमा मनाऔं भन्ने अर्थमा भन्नुभएको मैले बुझेको छ।’
प्रधानमन्त्री ओलीले राजावादीहरुले जेठ १५ गते गर्न लागेको आन्दोलनप्रति लक्षित गर्दै त्यस दिन काठमाडौँ आफ्नो नियन्त्रणमा लिन एमाले कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए। त्यसको मानवअधिकार आयोगले आलोचना गरेको थियो।
लोकतन्त्र फाल्ने विषय सहन नसकिने उल्लेख गर्दै लेखकले भने– ‘भोलिको प्रदर्शनमा शान्ति सुरक्षाको उचित प्रबन्ध गरिएको छ ।’
पत्रकार सम्मेलन गर्दै उनले भने, ‘तीर्थराज भट्टराई मैले कुनै मन्त्रालय र विभागबाट ल्याएको कर्मचारी होइन ।’
आफू आउँदा भट्टराई कसुरजन्य सम्पत्ति विभागमा महानिर्देशक भएर काम गरिरहेको उल्लेख गर्दै लेखकले भने, ‘उहाँले यसअघि महत्त्वपूर्ण विभाग र प्रजिअको रूपमा काम गरिसक्नुभएको थियो ।’
रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा भट्टराईलाई गोरखाको प्रजिअ बनाएर पठाइएको उनले बताए । उनले भने, ‘उहाँ २०७७ देखी निरन्तर गृह मन्त्रालय र मातहतको कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।’
मोरङ, महोत्तरी र गोरखाको प्रजिअ भएर काम गरिसकेका भट्टराईलाई आफूले अन्यत्रबाट ल्याएर त्यहाँ नखटाएको बताए । रामबहादुर थापा गृहमन्त्री हुँदा भट्टराईले महोत्तरीको प्रजिअ समेत भएर काम गरेको उनले बताए । बालकृष्ण खाण गृहमन्त्री हुँदा २०७८ मा भट्टराईले राष्ट्रिय परिचयपत्र विभागकाको प्रमुख र रवि लामिछाने गृहमन्त्री हुँदा २०७८ पुस १२ मा उनी मोरङको प्रजिअ भएको उनले बताए ।
लेखकले भने– ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा पनि उहाँ गृहमा हुनुहुन्थ्यो ।’ अनि, मुख्यमन्त्रीको कार्यालय हेटौँडामा सरुवा भएका भट्टराई फेरि २०८० साउन ३ गते गृहमा सरुवा भएर आएको लेखकले जानकारी दिए । उनले भने, ‘बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयबाट फर्केर उहाँ गृहमा आउँदा रवि लामिछाने गृहमन्त्री हुनुहुन्थ्यो, लामिछानेकै पालामा उहाँ कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक हुनुभएको हो ।’
लेखकले आफूविरुद्ध कतै पनि उजुरी नभएकाले राजीनामा दिनुनपर्ने तर्क गरे । लेखकले प्रश्न गरे, ‘मेरा विरुद्ध कहीँ उजुरी छ ? कहीँ छानिबन भइरहेको छ ?’
तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको हुनाले आफूले राजीनामा दिनुपर्ने आवाज उठाएको उनले बताएका छन् । संसद् भवनमा बुधबार पत्रकार सम्मेलन गरेर लेखकले सोधे, ‘म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ?’
आपराधिक कार्यको दायित्व अपराध गर्नेमा मात्र सीमित हुने निष्कर्ष सुनाउँदै लेखकले विमानस्थल अध्यागमन कार्यालयको प्रमुखले गरेको कामको दायित्व आफूले लिनु नपर्ने बताए ।
प्रतिकृया दिनुहोस