थिमीमा प्रदेशस्तरीय हक्की प्रतियोगिता हुँदै

काठमाडौं । बागमती प्रदेश हक्की संघले प्रदेश स्तरीय हकी प्रतियोगिता गर्ने भएको छ । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका दिब्यश्वरीमा प्रतियोगिता हुन लागेको हो ।
दोस्रो प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगितामा लुम्बिनी बाहेका ६ प्रदेशले सहभागिता जनाउन लागेका छन् । प्रतियाेगिता जेठ २५ र २६ गते थिमी नगरपालिका वडा नम्बर २ स्थित दिब्यस्वरी प्लानिमा रहेको राेयल नेपाल फुटसलमा हुनेछ ।
हक्की खेललाई नेपालमा प्रवर्दन गर्दै विश्वस्तरमा प्रचार गर्नका लागिसमेत यो प्रतियोगिता आयोजना गरिएको हक्की संघका बामगती प्रदेश सचिव राजेन्द्र कुमार भासिंकले जानकारी दिए ।
भक्तपुर जिल्लामा पहिलोपटक यसरी हक्की प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका भासिंकले बताए ।
नेपालको खेलकुदको इतिहासमा हक्कीको ६७ वर्ष लामो इतिहास छ । तर पनि यो खेल छायाँमा परेकाले प्रतियोगिताले यसको प्रवर्दनमा सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।
प्रतिकृया दिनुहोस