• २०८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025

संसदको अवरोध हटाउने प्रयास असफल, आजपनि रास्वपाको अवरोध, राप्रपाको बहिस्कार

काठमाडौं । संसदमा विद्यमान अवरोध हटाउन सभामुख देवराज घिमिरेले गरेको प्रयास आजपनि सफल हुन सकेन । अवरोधमा रहेका राप्रपा र रास्वपाले आज पनि संसदमा अवरोध र बहिस्कार जारी राखे । 

बैठक सुरु हुनुअघि सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । प्रमुख विपक्षी दल माओवादीसँग सहमति भए पनि रास्वपा, राप्रपा लगायतसँग सभामुख घिमिरले अहिले संसद् भवन बानेश्वरमा छलफल गरेका हुन् ।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी थिए ।

सभामुख घिमिरेले संसद्‍मा जारी अवरोधबारे आज बिहान मात्रै रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए ।

भिजिट भिसा प्रकरणमा संसदीय वा न्यायिक छानबिन समिति गठनको माग गर्दै रास्वपाले प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘वेल’ घेराउ र नाराबाजी राखेकाे छ । विपक्षीले विरोध गरे पनि सभामुख घिमिरेले बैठकको कार्यसूची अघि बढाएका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि संलग्नताको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी माओवादी, विपक्षीहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतले जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विरोध गर्दै आएका थिए ।

जेठ ३० मा माओवादी र एमालेबीच भएको दुईबुँदे सहमतिपछि माओवादी र एकीकृत समाजवादी संसद्को विरोधबाट पछाडि हटेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर