• २०८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025

कुलिङ पिरियड हटाउने पक्षमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे सिंहदरबारमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। 

उनीहरुबीच समसामयिक राजनीति, संसद्को गतिरोध अन्त्य, विधेयक, संक्रमणकालीन न्याय लगायतको विषयमा छलफल हुने बताइएको छ। 

दुई वर्ष ‘कुलिङ पिरियड’ राखिएको संघीय निजामती विधेयक पारित गर्ने प्रतिनिधिसभामा कार्यसूची भएपनि अहिले ‘होल्ड’ भएको छ। बजेट पारितसँगै निजामती विधेयक, शिक्षा विधेयकपनि तत्काल पारित गर्न दबाब रहेको छ।

प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवाबीच बुधबार पनि संसद्को अवरोध, बजेटलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। बुधबारका लागि तीन शीर्ष नेताको बैठक तय भएपनि प्रचण्ड काठमाडौं बाहिरै भएपश्चात सत्ता साझेदार दलबीचमात्र छलफल भएको र आज बोलाइएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर