उज्वेकिस्तानसँग पेनाल्टीमा निराश, इतिहास रच्नबाट फेरि चुक्यो नेपाल

काठमाडौं । नेपाली महिला टिमले एसियन कप खेल्ने सुनौलो अवसर गुमाएको छ । आज उज्वेकिस्तानसँग उसैको घरेलु मैदानमा भएको छनोट चरणको फाइनल खेलमा नेपाल पेनाल्टीमा निराश हुन पुगेको हो ।
सुरुवाती १२ मिनेट भित्र दोस्रो गोल खाएको नेपालले निर्धारित ९० मिनेटको खेलमा उत्कृष्ट पुनरागमन गर्दै ३–३ गोल बनाएको थियो । नेपालका लागि तीनै गोल कप्तान सावित्रा भण्डारीले गरिन । तर पेनाल्टीमा पनि साबित्रा नै चुक्न पुगिन ।
उनले हानेको नेपालको पहिलो पेनाल्टी पोलमा लागेर बाहिरिएको थियो भने अन्तिममा गोल किपर अन्जना रानामगरले हानेको पेनाल्टी उज्वेकिस्तानकी गोलकिपरले विफल पारेकी थिइन् । परिणामस्वरुप उज्वेकिस्तानले ५–३ गोलले पेनाल्टीमा नेपाललाई हराएर एसियन कप खेल्ने बाटो तय गरेको हो ।
खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो। पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले १२ औं मिनेटमा दोस्रो गोल बेहोर्यो।
खेलको २४ औं मिनेटमा नेपालले गोल फर्कायो। रश्मि कुमारी घिसिङले हेडर पास दिएको बललाई साम्बाले करिब २५ यार्डबाट हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो। उनको यो ६१औं खेलमा ६५ औं गोल हो। नेपालले खेललाई २-१ मा पुर्यायो।
तर खेलको ३७ औं मिनेटमा सरस्वती हमालको ह्यान्ड भएफछि उज्वेकिस्तानले पेनाल्टीको अबसर पायो। मातफुना सोयिमोभाले गोल गरिन्। उज्वेकिस्तानले ३-१ को अग्रता बनायो।
पहिलो हाफको इन्जुरी समयमा साम्बालाई फाउल हानेकी नोजिमाखोन इर्गासेबा दोहोरो पहेंको कार्ड पाउँदै मैदसन बाहिरिन्। उज्वेकिस्तान १० जनामा समेटियो। दाेस्राे हाफमा नेपालले उज्वेकिस्तान १० खेलाडीमा सिमित भएकाे फाइदा उठाएर बराबरी गाेल फर्काएकाे थियाे । तर पेनाल्टी नेपालकाे पक्षामा रहेन ।
प्रतिकृया दिनुहोस