• २०८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025

४३ औँ बिपी स्मृति दिवस आज मनाइँदै

काठमाडौ । प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको आज ४३ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कोइरालको स्मृति अवसरमा कांग्रेस, भातृ संस्था र बिपी सङ्ग्रहालय समितिले विशेष कार्यक्रम गर्दै छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सुन्दरीजलमा कार्यक्रम राखिएको छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि महत्वपूर्ण योगदान गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो।

उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन्। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन्। त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ आत्मवृत्तान्त प्रकाशित छन् । नेपाली साहित्यमा पनि कोइरालाको योगदानको उत्तिकै चर्चा हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर