कारबाहीको त्रासपछि एमाले केन्द्रीय सदस्य खुलेर बोल्नै डराए, धेरैले गरे ओलीको 'जयजयकार'

काठमाडौं । पोलिटब्युरो बैठकमा कतिपय नेताहरुले अध्यक्ष केपी ओलीको विपक्षमा मत जाहेर गरेपछि त्यसकै असर केन्द्रीय कमिटिमा पनि पर्ने त्रास थियो । त्यसै भएर बैठकको सुरुवात मै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले चुतावनी दिदै पूर्व राष्ट्रपति विद्या भण्डारीको प्रवक्ता नबन्ने चेतावनी दिए । त्यसको असर केन्द्रीय समितिमा तुरुन्तै परेको देखियो ।
अधिकांशले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा आउन नहुने धारणा राख्दा ६ जनाले भण्डारीको विषयमा फरक धारणा राखेका हुन् । उनीहरुले भण्डारीको समर्थन नगरे पनि यस विषयमा पार्टीले चाँडो निर्णय लिनुपर्ने बताएका थिए ।
बैठकको सुरुवातमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको पोलिटब्युरो बैठकलाई ‘कट अफ’ बैठक भएको भन्दै फरक मत राखे कारबाही भोग्ने चेतावनी दिएका थिए । उनले ओलीले भण्डारीको प्रवक्ता नबन्न पनि निर्देशन दिएका थिए । ‘कोही उहाँ ९भण्डारी० को प्रवक्ता बन्नुभएको छ, किन पर्यो त्यो,’ ओलीले भने, ‘उहाँको प्रवक्ता बनेर कतिपय नेताले मिडियामा अनावश्यक बयानबाजी गर्नु जरुरी छैन । हिजो ९आइतबार० को बैठकलाई ‘कट अफ’ बैठकका रूपमा लिनुपर्छ । अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए कारबाही अवश्य हुनेछ ।’
ओलीले उमेर हदको विषयमा गलत प्रचार भएको बताए । ‘उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउनुपर्छ भनेर अध्यक्षको प्रचार गर्ने रु त्यस्तै भण्डारीले बालुवाटार जान मानिनन् भनेर गलत प्रचार गर्नु पनि बेठीक हो,’ उनले भने, ‘एमाले र हाम्रो नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेकै बेलामा सबैले एकताबद्ध भएर अघि बढ्नु अत्यावश्यक छ ।’
त्यसपछि बोल्ने अधिकांश केन्द्रीय सदस्यले आगामी महाधिवेशनमा ओलीको नेतृत्वको विकल्प सोच्न नसकिने बताएका थिए । तर केन्द्रीय सदस्यहरु रचना खड्का, अरबिन्द सिंह, इन्द्रलाल सापकोटा, कृष्ण पौडेल, दिवाकर देवकोटा र सरोज यादवले फरक धारणा राखेका थिए । उनीहरुले विधानको मस्यौदामा नीति, आगामी कार्यक्रम, पार्टी प्रणालीमा छलफल गर्नुपर्ने बताएका थिए । ७० वर्षे उमेर हद र एउटै पदमा एकै व्यक्ति दुई कार्यकालसम्बन्धमा पनि उनीहरुको फरक मत थियो ।
गौतमका अनुसार सोमबार गण्डकी, मधेस र सम्पर्क समन्वय कमिटी, उपत्यका विशेष प्रदेश कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए।
पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा आएको उपाध्यक्ष विष्णु पौडेलेको विधान संशोधनसम्बन्धी प्रस्तावमा आज पनि छलफल हुनेछ। आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।
बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ। पार्टी सचिवालय र पोलिटब्युरो बाहेकका सदस्यहरूले मात्र बैठकमा धारणा राख्न पाउनेछन्। उपल्लो कमिटीले आफ्ना आफ्ना कमिटीमा धारणा राखिसकेकोले यो बैठकमा उनीहरूलाई समय उपलब्ध नगराइएको गौतमले जानकारी दिए।
यसअघि यही साउन २ र ३ गते एमालेको पोलिटब्यूरो बैठकबाट विधान संशोधनको प्रस्ताव पारित भएको थियो।
बैठकमा विधान मस्यौदा गर्न जिम्मेवारी प्राप्त उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तावित विधान संशोधनबारे इच्छुक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटभित्र आफ्ना धारणा राख्न समय दिइने बताए।
बैठकमा सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो सदस्यबाहेक करिब २३० केन्द्रीय सदस्यले धारणा राख्न सक्ने छन्। विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारीमा ७० वर्षे उमेर हद र एकै पदमा दुई कार्यकाल बस्न नपाइने व्यवस्था हटाउने प्रस्ताव रहेको जनाइएको छ।
एमालेको विधान महाधिवेशन आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने तय भएको छ।
प्रतिकृया दिनुहोस