• २०८२ श्रावण २० मंगलबार
  • Tuesday, 5 August, 2025

माओवादी स्थायी समितिः नारायणकाजी पनि प्रचण्डकै पक्षमा, देव गुरुङ भने ‘राजनेता’ 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका जारी स्थायी समितिमा बोल्ने क्रम सकिएको छ ।

आज विहान ११ बजेपछि सुरु भएको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले बोलेका छन् । बैठकमा सहभागि एक नेताका अनुसार यी दुवै जनाले अध्यक्ष प्रचण्डको पक्षमा ओकालत गर्दै उपमहासचिव जनार्दन शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका छन् । 

उपाध्यक्ष श्रेष्ठले अर्का उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै मान्यूटमा हस्ताक्षर गर्ने कुरामा दायाँबायाँ गर्न नहुने बताएका छन्। ‘माइन्यूटमा हस्ताक्षर नगर्ने कुरामा दायाँबायाँ हुँदैन,’ श्रेष्ठको भनाइ थियो, ‘माइन्यूटमा हस्ताक्षर गरिहाल्नुपर्छ।’

श्रेष्ठले आन्तरिक बहसलाई सार्वजनिक गर्न नहुने र विधिको पालना गर्नुपर्नेमा पनि जोड दिए। ‘पार्टीभित्रको आन्तरिक बहस सार्वजनिक गर्नु हुन्न,’ श्रेष्ठको भनाइ छ, ‘ विचारलाई सम्मान गर्दै विधिको पालना गर्नुपर्छ।’

उनले थपे, ‘जनार्दनजीले यसमा राम्रो गर्नु भएन।’ अहिले माओवादी पार्टीलाई एकतावद्ध गर्ने बेला भएको र सबै प्रचण्डको विचारमा एकमत हुनुपर्नेमा पनि श्रेष्ठले जोड दिए।

श्रेष्ठले पार्टीभित्रका आन्तरिक कुराहरू अनावश्यक रूपमा बाहिर लैजाने कुरा पनि गलत भएको बताएको ती सदस्यले बताए ।

श्रेष्ठले आफ्ना धारणा राख्दै पार्टीका आन्तरिक विषय बाहिर सार्वजनिक गर्नु गलत भएको बताए ।

उनले सबैले विधि र पद्धतिको पालना गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘पार्टीका आन्तरिक बहस सार्वजनिक गर्नु हुन्न । विचारलाई सम्मान गर्दै विधिको पालना हुनुपर्छ । पार्टी एकताबद्ध बनाउनुपर्छ ।’

महासचिव गुरूङले अहिले अध्यक्ष प्रचण्ड राजनेताकाे हैसियतमा रहेकाले विराेध गर्नुकाे कुनै तुक नभएकाे बताएका छन् ।

‘बाबुराम र किरणजीहरूले पनि पार्टीमा पुस्तान्तरणको कुरा उठाउनुभएको थिएन,’ बैठकमा गुरूङलेको धारणा उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले नेतृत्वमा पुस्तान्तरणको कुरा गर्न खोज्नु गलत छ ।’

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूले सोधेका प्रश्न तथा धारणाहरूको जवाफ दिँदै छन् ।

चार दिनदेखि जारी बैठकमा सदस्यहरू अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका समसामयिक राजनीतिक प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए । अध्यक्ष प्रचण्डले जवाफ प्रस्तुत गरेपछि बैठक आजै सक्ने तयारी रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर