• २०८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025

स्वदेशमै गएर चम्किए रासफोर्ड, बार्सिलोनाको सहज जित

काठमाडौं । प्रिमियर लिगबाट यसै सिजन ला लिगा खेल्न बार्सिलाेना पुगेका मार्कस रसफोर्डले स्वदेशमै पुगेर चम्किएका छन् । उनले गएरातिकाे खेलमा २ गोल गरेपछि बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बिहीबार न्युकासललाई युनाइटेडलाई २–१ ले हराएको छ । यस्तै म्यानचेस्टर सिटीले नेपोलीलाई २–० ले हराउँदा इर्लिङ हालान्डले ५० गोलको आकडा छोएका छन् ।

अन्य खेलमा इन्ट्राख्त फ्रान्कफर्टले गालातासारेलाई ५–१, स्पोर्टिङ लिस्वनले किराट आलमाटीलाई ४–१ तथा क्लब ब्रुगले मोनाकोलाई ४–१ ले हरायो । एफसी कोपनहेगन र बायरलेभरकुजनबीचको खेल भने २–२ को बराबरीमा टुंगियो ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा रसफोर्डले ५८ र ६७ औं मिनेटमा दुई गोल गरे । यससँगै म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्डले आफ्नो उपयोगिता प्रमाणित गरे । न्युकासलका लागि एन्थोनी गोर्डनले ९० औं मिनेटमा एक गोल फर्काए ।

सिटीका लागि भने इतिहाडमा हालान्डले ५६ औं मिनेटमा गोलको खाता खोलेपछि जेरेमी डोकुले दोस्रो गोल थपे । यससँगै च्याम्पियन्स लिगमा हालान्डको व्यक्तिगत गोल संख्या ५० पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर