देश इतिहासकै गम्भीर संकटमा परेका बेला जिम्मेवारीबाट भाग्दिन-प्रचण्ड

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यतिबेला देश इतिहासकै गम्भीर संटमा परेकाे बताबएका छन्। केन्द्रीय समितिकाे आजबाट सुरु भएकाे बैठकमा उद्घाटन मन्तव्य तथा प्रस्ताव राख्दै उनले यस्ताे अवस्थामा आफू जिम्मेवारीबाट भाग्न नसक्ने बताए। जेनजी आन्दोलन र उत्पन्न भएकाे अवस्थाबारे पार्टीको धारणा बनाउन आजबाट सुरु भएकाे बैठकलाई सम्धन गर्दै उनले जिम्मेवारीबाट नभाग्ने भन्दैन अध्यक्ष पदमा टाँसिरहन भने नचाहेकाे बताएकाे एक सहभागी केन्द्रीय सदस्यले जानकारी दिए।
`जिम्मेवारीबाट पन्छने, पलायन हुने र अब पुग्याे भन्ने पक्षमा छैन, तर मलाई पदमा बसिरहनुपर्छ भन्ने लाग्दैन।
एउटा निश्चित विधि र प्रकृयाबाट नयाँ नेतृत्वमा जानु पर्छ । कसैलाई टिकाे लगाएर हुदैन। अहिले जसरी कुरा उठेकाे छ, याे विषय संवेदनशिल हाे यसबारे साेच्नै पर्छ। यसबारे अध्यक्षलपदमा बसिरहनुपर्छ धन्ने ठानेकाे छैन। अहिले देश जुन विन्दुमा आईपुगेकाे छ, पहिला कहिल्यै थिएन। नेतृत्व बारे प्रश्न उठेकाे छ।´
प्रतिकृया दिनुहोस