रास्वपा ५ वर्षभित्रै फुट्न सक्छ– वर्षमान पुन
भक्तपुर । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले सत्तारुढ दल रास्वपा ५ वर्ष भित्रै फुट्न सक्ने लक्षण देखिएको बताएका छन् । रास्वपाको उदय अस्वभाविक भएको तर्क गर्दै उनले यसको अवसान पनि अस्वभाविक हुने दावी गरे ।
नेकपा भक्तपुरका नेता कार्यकर्तालाई आईतबार ताथलीमा प्रशिक्षण दिदै उनले विभाजनको कारण रास्वपा नेतृत्वको वर्तमान सरकार आफैं पनि ढल्नसक्ने उनले विश्लेषण सुनाए । यसरी आफैं नढलेमा सरकारले गर्ने चरम जनविरोधी कामका कारण सडक आन्दोलन चर्कन सक्ने र आन्दोलनको बलमा सरकार ढल्ने उनले बताए ।
सरकारले अहिले पनि लोकप्रीय कम गर्न नसकेको तर्क गर्दै उनले जनता र देशको हीतमा सरकारले काम नगरेको खण्डमा सडक आन्दोलन गर्नुपर्ने अवस्था आउने नेता पुनले बताए । त्यसका लागि नेकपाले अहिलेदेखिनै जनतासँग जोडिएर काम गर्नुपर्ने उनको भनाई छ ।
आफ्ना नेता कार्यकर्तालाई जनतासँग जोडिएर काम गर्न निर्देशन दिएका नेता पुनले सरकारले गरेका जनताविरोधी कामका विषयमा जनतालाई जानकारी गराउनुपर्ने उनले बताए ।
प्रशिक्षण कार्यक्रममा राजनीतिक विश्लेषक सोमत घिमिरे र अर्का नेता गंगालाल तुलाधरले पनि भक्तपुरका नेता कार्यकर्तालाई प्रशक्षिण दिएका थिए ।

यो प्रशिक्षण कार्यक्रमले नेता कार्यकर्तामा ऊर्जा भर्नुका साथै जनपक्षीय काम गर्न अभिप्रेरित गर्ने जिल्ला इन्चार्ज डीपी ढकालले बताए । उनले जनताका रष्ट्रिय मुद्दा र भक्तपुर जिल्लाको सर्वोपरि हीतका लागि नेकपा सधै्र लागिरहने बताए ।







प्रतिकृया दिनुहोस