शेखर कोइराला छोडेका डा. रिजाल उपसभापतिमा भिड्दै
काठमाडौं। डा. शेखर काेइरालासँग लामाे समयदेखि काम गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
रिजालले उपसभापति खुलातर्फ उम्मेदवारी दिन लागेको बताए। २०७८ सालमा भएको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित रिजाल १५औं महाधिवेशनमा उपसभापतिको दौडमा देखिएका छन्।
उपसभापतिमा रिजालका साथै चन्द्र भण्डारी, देवराज चालिसे, ज्ञानेन्द्र कार्की, गोविन्द भट्टराई, दीपक गिरी, सुरेन्द्रराज पाण्डे र मधु आचार्यलगायतले उम्मेदवारी दिने तयारी गरेका छन्।
समावेशी उपसभापतितर्फ धनराज गुरूङ, जीवन परियार, भीष्मराज आङ्देम्बे र विनोद चौधरी उम्मेदवारी दिने तयारीमा छन्।
महिला उपसभापति पदका लागि पुष्पा भुसालले उम्मेदवारी दिने तयारी गरेकी छन्। अहिलेसम्म महिला उपसभापतिमा अन्य प्रतिस्पर्धी देखिएका छैनन्।







प्रतिकृया दिनुहोस