• २०८३ कार्तिक २७ शुक्रबार
  • Friday, 13 November, 2026

मस्को प्रस्थान गरे नेकपा संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । 

नोभेम्बर १३ देखि १८, २०२६ सम्म हुने औपचारिक भ्रमणका लागि उनी बिहान ९:२० बजे काठमाडौं–दुबई उडानमार्फत मस्कोतर्फ लागेका हुन् ।
​
अखिल रूसी राजनीतिक दल (All-Russian Political Party) को आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा सञ्चालन हुने ‘For the Freedom of Nations’ शीर्षकको विश्व सम्मेलनमा सहभागी हुन उनी रूस गएको सचिवालयले जानकारी दिएकाे छ।
​
भ्रमण टोलीमा संयोजक प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य सहभागी छन् । 

सम्मेलनमा सहभागिता तथा आवश्यक भेटघाट सम्पन्न गरी उनीहरू नोभेम्बर १८ तारिकमा स्वदेश फर्कने कार्यतालिका रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर