• २०८३ मङ्सिर ६ आइतबार
  • Sunday, 22 November, 2026

चितवनका रिजनले पाए कार, जनकपुरका यादव र विराटनगरका बमलाई माेटरसाईकल

काठमाडाैं । चितवन राइनोजका तिव्र गतिका बलर रिजन ढकाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर बनेसँगै उनले ओमोडाको गाडी र पल्सर बाइक पाएका छन्। एनपीएलको यो संस्करण सर्वाधिक विकेट लिने उनी पहिलो खेलाडी हुन्।

रिजनले ९ खेलमा १७ विकेट आफ्नो नाममा गरे। यो सिजन उनले एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजविरुद्ध र लिग चरणमा पोखरा एभेन्जर्सविरुद्ध समान ४ विकेट लिएका थिए।

लिग चरणका काठमाडौसँग ३ र विराटनगर किंग्सविरुद्ध २ विकेट उनले आफ्नो नाममा गरेका थिए। कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सविरुद्धको २ खेलमा समान १ विकेट लिए।


यसअघि अघिल्लो सिजन सन्दीप लामिछाने, अविनास बोहोरा र शेर मल्लले समान १७ विकेट आफ्नो नाममा गरेका थिए। पहिलो सिजन स्कट कुग्लेजिन र ललित राजवंशीले समान १७ विकेट लिएका थिए।

एनपीएलमा सर्वाधिक रन बनाएका विराटनगर किंग्सका लोकेश बम उत्कृष्ट ब्याटर बने। ७ खेलमा २ अर्धशतकसहित २ सय ४६ रन बनाएका उनले बाइक पाए।

एनपीएलको उदीयमान खेलाडी जनकपुर बोल्ट्सका राहुल यादव बने। योसँगै उनले बाइक पाए। ट्यालेन्ट हन्टबाट आएका राहुलले लिग चरणको खेलमा १२ विकेट लिएका थिए।

प्लेअफमा पुग्न नसकेको विराटनगरका लागि लोकेशले ७ खेलमा २४२ रन जोड्दै सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थान ओगटेका थिए।

प्लेअफमै पुग्न नसकेको पोखरा एभेन्जर्सका ब्याटर युवराज सामरा भने ४ खेलमा २९४ रन बनाएर सिजनकै सर्वाधिक रनकर्ता बने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर