• २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024

बिश्वकप क्रिकेट : बंगलादेश भर्सेस श्रीलंका

एकदिवसीय बिश्वकप क्रिकेट अन्तर्गत आज बंगलादेश र श्रीलंकाबीच खेल हुँदैछ ।

 यो खेल ब्रिस्टोलको काउन्टी मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । बंगलादेश र श्रीलंका दुवै कठिन स्थितिमा छन् ।

उनीहरुले आफ्नो पहिलो तीनमध्ये एक खेल जितेका छन् । र, अर्को चरणको सम्भावना जीवितै राख्न उनीहरुले बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने हुन्छ । बंगलादेशको तुलनामा श्रीलंका केहि सहज अवस्थामा भने पक्कै छ । एक जितका साथसाथै पाकिस्तानबिरुद्धको खेल वर्षाले रद्ध भएपछि अतिरिक्त अंक पनि श्रीलंकाको खातामा छ ।

श्रीलंकाले न्युजिल्याण्डबिरुद्ध लज्जास्पद पराजय ब्यहोरेको थियो । अफगानिस्तानबिरुद्ध उसले २ अंक त हासिल गरेको हो तर, उसको ब्याटिङ पंक्तिको असफलता भने निराकरण भएन । नसवान प्रदीप र लसिथ मालिंगाले उत्कृष्ट प्रदर्शन गरेपछि उसले अफगानिस्तानलाई हराएको हो ।


ब्रिस्टोलमा मंगलबार दिनभर पानी पर्ने पूर्वानुमान छ । त्यसैले मंगलबारको खेलमा दुई टोलीले अंक बाँड्ने सम्भावना प्रवल छ । 

यसअघि  दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल वर्षाले अवरुद्ध भएको छ । साउथह्याम्पटनमा गएराति वर्षा बाधक बनेपछि दक्षिण अफ्रिका र वेष्ट इन्डिजले एक–एक अंक बाँडेका छन् ।

प्रतियोगितामा लगातार तीन हार वेहोरेको दक्षिण अफ्रिकाले गएरातिको खेल रोकिएसँगै पहिलो अंक जोडेको छ । टस हारेर दक्षिण अफ्रिकाले ब्याटिङ सुरु गरेको केहीवेरमै खेल रोकिएको थियो ।

खेल रोकिनुअघि दक्षिण अफ्रिकाले ७ ओभर ३ बलमा २९ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । यो खेलसँगै वेष्ट इन्डिजले ३ खेलबाट ३ अंक जोडेको छ । अघिल्ला २ खेलमा वेष्ट इन्डिजले १ जित र १ हार व्यहोरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर