गभर्नर नेपाललाइ गाली– 'तपाई चूप लाग्नुस...!'
चौर औंला तेस्र्याएर अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जीवी नेपाललाई सबैका सामु चर्को स्वरले हप्काएपछि बैठकमा सन्नाटा छायो ।
घटना एक हप्ताअघि, अर्थमन्त्रालयस्थीत बैठक कक्षको हो । भनिन्छ नि , मन नपरेपछि मायाले छुँदा दुख्छ, मन परेपछि चिमोट्दा पनि कायकुति लाग्छ । त्यसदिन भएको यस्तै हो । मन्त्री रिसाउनुपर्ने कुनै विशेष कारण नै थिएन । तर रिसाएको मात्र होइन, यसरी नै कड्किए कि उच्चपदस्थ कर्मचारीहरु हेराहेर गर्न थाले ।
यो घटना मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक चलिरहदाको हो । हरेक चार चार महिनामा यस्तो समितिको बैठक बस्छ र अर्को बैठक बार्षिक रुपमा हुन्छ । यो समाचार आजको जनआस्था साप्ताहिकमा छापिएको छ ।
प्रतिकृया दिनुहोस