• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आली सिंगापुर प्रस्थान गरेका छन् ।उनी दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले विदाइ गरेका थिए ।

गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए ।

तर स्वास्थ्यमा फेरि समस्या देखिएपछि उनी एक सातामै दोस्रो पटक सिंगापुर गएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर