प्रदेश दुई : नामका लागि ४ र राजधानीका लागि ५ प्रस्ताव दर्ता

बागीहरुले पनि गराए प्रस्ताव दर्ता

जनकपुरधाम । प्रदेश दुईको नामाकरण र राजधानी तोक्नका लागि आज प्रदेशसभा सचिवालयमा दलहरुले प्रस्ताव दर्ता गराएका छन् । 

प्रदेशका दलहरु तथा केही प्रदेशसभा सदस्यहरुले दर्ता गराएको प्रस्ताव भने फरक फरक देखिएको छ । प्रदेशको नामका लागि ४ वटा प्रस्ताव दर्ता गराइएको छ भने राजधानीका लागि ५ वटा प्रस्ताव दर्ता गराइएको छ । 

प्रदेशसभा सचिवालयमा सत्ताधारी समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा प्रस्ताव दर्ता गराएको हो । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेसका बागी प्रदेशसभा सदस्य तथा समाजवादी पार्टीका बागी प्रदेशसभा सदस्यहरुले फरक फरक प्रस्ताव दर्ता गराएका छन् । 

सत्ताधारी दलहरु समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि प्रस्ताव दर्ता गराएको हो ।  प्रस्तावमा राजधानीको सीमा समेत तोकिएको छ । राजधानीको सीमामा मिथिला माध्यमिकि परिक्रमा सडक, उतरमा ढ्ल्केवर राजमार्ग छुनेगरी, पूर्वमा कमला नदि सम्म र दक्षिणमा भारतको सीमासम्म तोकिएको छ ।

राजपाका प्रमुख सचेतक परमेश्वर साहले मधेशी जनताको म्याण्डेट, मधेश आन्दोलनको म्याण्डेटको आधारमा आफूहरुले प्रदेशको नाम मधेश नै उपयुक्त हुने भन्दै नामका लागि मधेश प्रस्ताव गरेको बताए । 

उनले जनकपुरधाम प्राचिन मिथिलाको राजधानी रहेको र यस स्थलको आफ्नै ऐतिहासिकता रहेकोले राजधानीका लागि जनकपुरधामको विकल्प नरहेको बताए । राजपा सचेतक साहले राजधानीका लागि जनकपुरधामलाई नै प्रस्ताव गरिएपनि भविश्यको योजनालाई समेत ध्यानमा राखेर राजधानीको सीमा तोकिएको बताए ।  

प्रदेश दुईको राजधानी र नामाकरणको लागि नेपाली कांग्रेसले पनि प्रस्ताव दर्ता गराएको छ । काङ्ग्रेसले प्रदेशको नाम मिथिला भोजपूरा र राजधानी जनकपुरधाम उपमहानगरपालिका प्रस्ताव दर्ता गराएको हो । काङ्ग्रेसको तर्फबाट सचेतक उपेन्द्र कुश्वाहाले प्रस्ताव दर्ता गराएका हुन ।  यस अघि नेकपाले प्रदेशको नाम जानकी प्रदेस र राजधानी धनुषा जिल्लाका लागि प्रस्ताव दर्ता गराइ सकेको छ । राजपा र समाजवादी पार्टी प्रस्ताव दर्ता गराउन बाँकी रहेको छ ।

यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश दुईको नामका लागि जानकी प्रदेश रह्ने गरी प्रस्ताव दर्ता गराएको छ । त्यस्तै राजधानीका लागि धनुषा जिल्लाभरी नै हुने गरी प्रस्ताव दर्ता गराएको हो । 

नेकपा प्रदेश दुई संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेशमा विकसित जनभावनालाई कदर गर्दै प्रदेशको ऐतिहासिकतालाई बचाउन प्रदेशको नाम जानकी प्रदेश राख्न आफूहरुले प्रस्ताव दर्ता गराएको बताए । उजले यहाँको राजनीतिक अवस्था, भौगोलिकता तथा संस्कृतिलाई ध्यानमा राख्दै राजधानीका लागि परिक्रमा मार्गसहित पूरै धनुषा जिल्लालाई प्रस्ताव दर्ता गराइएको हो ।  

बागीहरुले पनि गराए प्रस्ताव दर्ता
प्रदेशको नाम र राजधानीका लागि नेपाली कांग्रेस तथा समाजवादी पार्टीका बागी प्रदेशसभा सदस्यहरुले समेत प्रस्ताव दर्ता गराएका छन् । 

नेपाली कांग्रेसको प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साह प्रस्तावक रहेको प्रस्तावमा प्रदेशको नाम मध्य मधेश र राजधानीका लागि विरगंज प्रस्ताव दर्ता गराएका हुन् । उनको प्रस्तावलाई नेपाली कांग्रेसका बागी प्रदेशसभा सदस्यहरु ओमप्रकाश शर्मा, शंकर प्रसाद शर्मा र असिया देवी थरुनीले समर्थन गरेका हुन् । 

त्यस्तै समाजवादी पार्टीका बागी प्रदेशसभा सदस्य सिंगासन सा कलवारले राजधानीका लागि फरक प्रस्ताव दर्ता गराएका हुन् । उनले दर्ता गराएको प्रस्तावमा विरगंजलाई राजधानीको रुपमा प्रस्ताव गरिएको हो । सो प्रस्तावमा विरगंज सहित बिन्धवासिनी, पोखरिया, सखुअवा, पर्सागढी जितपुर निजगढ हुँदै सिम्रौनगढसम्मका लागि राजधानी तोक्न प्रस्ताव दर्ता गराइएको हो । 

समाजवादी पार्टीका बागी प्रदेशसभा सदस्य सिंगासन सा कलवारले मधेशी जनताको अधिकारका लागि विरगंजवासीले अमूल्य योगदान दिएको र विरगंज भौतिक संरचनाको हिसावले समेत सबैभन्दा उपयुक्त रहेको विरगंजवासीको भावनाको कदर गर्नु हाम्रो कर्तव्य रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर