• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:31 am

नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई डेंगु संक्रमण

काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण भएपछि उनी शनिबारदेखि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । डा. रुइतसहित परिवारका तीनजनामा डेंगुको संक्रमण रहेको बताइएको छ । 

डेंगु संक्रमणपछि अस्पतालमा रहेका डा. रुइतले डेंगुको अवस्था डरलाग्दो रुपमा बढिरहेको बताएका छन् । उनले डेंगु फैलाउने लामखुट्टैको नियन्त्रण प्रभावकारी रुपमा चलाउने ढिलो गरे यसले ठूलो महामारीको रूप लिन सक्ने बताएका छन् । 

पछिल्लो समय देशभर डेंगुको संक्रमण बढिरहेको समाचार प्रकाशित भइरहेका छन् । पोखराका अस्पतालमा डेंगुका बिरामीको चाप छ । केही दिनअघि मात्र कृषिमन्त्री चक्रपाणि खनाल पनि डेंगु संक्रमणपछि अस्पताल भर्ना भएका थिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

झापामा पाँच सयभन्दा बढी डेंगीका बिरामी

  • ३० भदौ, २०७६

झापा । तीन महीनाअघि देखा परेको डेंगी रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी

सुन्धारामा ‘सुन्धारा क्लिनिक’ सञ्चालनमा

  • २९ भदौ, २०७६

काठमाडौं । काठमाडौंको सुन्धारामा ‘सुन्धारा क्लिनिक’ सञ्चालनमा आएको छ । प्रतिनिधसभा सदस्य तथा राप्रपाका महामन्त्री राजेन्द्रकुमार लिङदेनले

 लापरवाहीको कारण नवजात शिशुको मृत्यु

  • २९ भदौ, २०७६

कोहलपुर ।  बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार