दाङमा डेंगु नियन्त्रण अभियान सुरु
दाङ । घोराहीमा डेंगु रोग देखा परेपछि घोराही उप–महानगरपालिका वडा नं. १४ ले डेंगुरोग अभियान सुरु गरेको छ । घोराही १४ स्थित शुभप्रभात माविबाट अभियानको सुरु गरिएको हो । अभियानको वडा अध्यक्ष शक्तिराम डाँगीले औपचारिक रुपमा उद्घाटन गरे ।
अभियानको उद्घाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई घर वरपर रहेका खाल्डा खुल्डी पर्नुपर्ने,झुलभित्र सुत्नुपर्ने लगाएतका कुरामा ध्यान दिन विद्यार्थीलाई आग्रह गरे । बालबालिका विद्यालय आउँदा अनिवार्य लामा बाउला भएको कपडा लगाउँन पनि सुझाव दिए ।
पछिलो समय दाङमा १५ जना डेंगुका बिरामी फेला परेका छन् । घोराही, तुलसीपुर बंबई गाउँपालिकामा गरी १५ जना विरामी फेला परेका हुन । घोराही उप–महानगरपालिका ७, तुलसीपुर ६ र बबईगाउँपालिकामा २ जना बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
विरामीहरुको घोराही स्थित गोर्खा दीपज्योति बुद्ध र तुलसीपुरमा राप्ती लाईफ कियर र तुलसी हस्पिटलमा उपचार भैरहेको जिल्ला स्वास्थ्य कार्यालय डेंगु रोग नियन्त्रण शाखाका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
प्रतिकृया दिनुहोस