• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आजको राशिफलः असोज २ तपाईको आज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । धार्मिक यात्राको योगछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समय निकै उत्साहजनक रहनेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । चोटपटकको भयपनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चोटपटकको भयछ सचेत रहनुहोला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । । दैनिक कार्यमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक उन्नति हुनुका साथै पदोन्नतिको अवसर पनि मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । आकस्मिक धन लाभ होला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक कारोवारमा मन्दी आउनेछ । आर्थिक कारोवारमा बिवाद आउनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । स्वास्थ्य सबल रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमणीय र सुखद् यात्राको योग छ ।बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । अधुरो काम पूरा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक कारोवारमा बिवाद बढ्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा बाधाका साथै मन कमजोर रहला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर