• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

मिथिलाञ्चलमा जितिया पर्वकाे राैनक

जनकपुरधाम । मिथिलाको कठिन पर्वको रूपमा रहेको जितिया शुक्रबार उपवास गरी मनाइँदै छ । सन्तानको दीर्घायुको कामना गर्दै मिथिलाञ्चल क्षेत्र एवं थारू क्षेत्रमा मनाइने जितिया पर्वको सुरुवात आश्विन कृष्ण सप्तमी तिथिदेखि तीन दिनसम्म मनाइने गरिन्छ । पर्वको पहिलो दिन नुहाइधुवाइ गरी चोखो भइन्छ जसलाई नहाय खाय विधि भन्ने गरिन्छ । 

संस्कृतिविद् एवं मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमल भन्छन्, ‘यस पर्वमा दही–चिउरादेखि माछा र मरुवा (कोदो) सम्म खाने चलन छ । त्यसैगरी, जितियामा उपवासको समेत उत्तिकै महत्त्व रहेको हुन्छ । अष्टमी तिथिभर थुकसम्म निल्न नहुने धार्मिक विश्वास छ । थुक निलेको खण्डमा व्रत भंग भएको मानिन्छ । 

पुत्रको दीर्घायुका लागि जितिया व्रत गरिने परम्परा रहेको भविष्य पुराणमासमेत उल्लेख छ । आश्विन कृष्ण अष्टमी तिथिका दिन यो व्रत बस्ने चलन छ । यस पर्वमा जुन दिन प्रदोषकालमा अष्टमी पर्दछ सोही दिन नै व्रत गरिन्छ । यदि दुई दिनसम्म प्रदोषकालमा अष्टमी पर्छ भने उक्त दिनको दोस्रो दिन व्रत बस्ने चलन छ । जुन दिन उदयकालमा अष्टमी तिथि पर्छ, सो दिन व्रत गर्नुपर्ने र नवमी तिथिका दिन पारण गर्नुपर्ने हुन्छ । 

औँगठनक परम्परा

जितिया पर्वमा औँगठनको परम्परा प्रमुख रहेको छ । काग उड्नुभन्दा अगावै मिथिलाञ्चलको घरघरमा औँगठन गरिन्छ । औँगठनको अर्थ कुनै आडको सहारामा पानी पिउनु । यसअघि पूर्व घरका प्रत्येक सदस्य एकै ठाउँमा बसेर दही, चिउरा, अमोट, चिनी, केरा खाने गर्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर